मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम

शनिबार, ०४ वैशाख २०७३, १८ : १८
शनिबार, ०४ वैशाख २०७३

काठमाडौँ– पालुवा फिल्मस् र लमजुङ तमु समाजको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम गरेको छ ।

नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज सो कार्यक्रमको आयोजना गरेको हो ।

भाषाविद् रत्नबहादुर गुरुङले भाषा साहित्य र कलाले नै देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने बताए । उउनलेभने– “यस्ता विविध कार्यक्रमले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउँछ ।”

पालुवा फिल्मस्का सिर्जनात्मक निर्देशक सविक गुरुङ ९सुन्दर०ले पुरानो संस्कृति र मूल्य मान्यतालाई निरन्तरता दिन यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने– “देशमा धेरै प्रकारका कला संंस्कृति भेषभूषा छन् यसलाई जगेर्ना गर्न राज्यले केही पहल गर्नुपर्छ ।”

एउटा पात्र जसले पौराणिक लोकगीतलाई आफ्नो निरन्तरता दिन गर्ने सङ्घर्षलाई नाटकीय ढङ्गबाट पर्दामा डकु ड्रामाका रुपमा देखाइएको थियो । साथै, यस डकु ड्रामाले गुरुङ संस्कार जुन आमाको मृत्युअगावै छोरीलाई दिने मुगाको मालालाई स्पष्ट रुपमा झल्काइएको थियो ।

सांस्कृतिक कार्यक्रममा लमजुङ तमु समाजका कलाकारले गुरुङ जातिका भाषा, भेषभूषा झल्कने गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने ५०० भन्दा पुराना सोरठी, सालैज्यू, ठाडोभाका, चुड्का तथा कौडालगायतका गीतको प्रस्तुति गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप