बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इक्वेडरमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

आइतबार, ०५ वैशाख २०७३, २१ : ०४
आइतबार, ०५ वैशाख २०७३

 

पेदनालिस (इक्वेडर), ५ वैशाख । इक्वेडरमा शनिबार आएको शक्तिशाली भूकम्पका कारण आइतबार साँझसम्म ७७ जनाको मृत्यु भएको र ५८८ जना घाइते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

शनिबार यहाँको तटीय क्षेत्रमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको सरकारी अधिकारीले बताएका छन् । आइतबार बिहान उपराष्ट्रपति जर्ज ग्लासले भूकम्पका कारण ४१ जनाको मृत्यु भएको जनाउनुभएको थियो । स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेर ५८ मिनेटको समयमा आएको सो भूकम्प इक्वेडरको उत्तरपश्चिमी तटीय इलाकामा १९ किलोमिटर गहिराइबाट ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (यूएसजीएस) ले बताएको छ । भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटीयनगर ग्वायाकिलमा एउटा फलाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ । त्यस्तै तटीयनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो । भूकम्प गएको घन्टौसम्म ५.६ रिक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए । ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप