मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटक बढे

सोमबार, ०६ वैशाख २०७३, ०७ : ५५
सोमबार, ०६ वैशाख २०७३

पर्वत– जलयात्रा ¥याफटिङको सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् । जाडो यामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन् । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् ।

¥याफटिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकस“गै स्वेदशी पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाईड रविन गुरुङले जानकारी दिए ।

कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको गुरुङले बताए । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन् ।

गत वर्ष भूकम्पका कारण वैशाख १२ पछि रोकिएको जलयात्रा यसपटक भने उत्साहजनक रुपमा बढेको व्यवसायी बताउँछन् । यद्यपि पर्वतमा तथ्याङ्क सङ्कलन गर्ने कुनै निकाय नहुँदा यस वर्ष के कति आन्तरिक तथा बाह्य पर्यटकले ¥याफ्टिङ गरे भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–२ स्थित नयाँपुल तथा मालढुङ्गाबाट सुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । कालीगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरुको भनाइ छ । अमेरिका र अस्ट्रेलियमालगायतका नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो ।

पर्वतमा जलयात्राको लागि काम गर्ने कुनै निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक ¥याफ्टिङका लागि कालीगण्डकी नदीमा आउने गर्दछन् । कालीगण्डकीमा जलयात्राका लागि गन्तव्यस्थल बनाउनका लागि केही पूर्वाधारको व्यवस्था गर्नसमेत पर्यटन व्यवसायीको आग्रह छ । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा सुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको पर्यटक गाइड गणेश पुन बताउँछन् । कालीगण्डकी–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्ने गरेका छन् ।

यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र शिवालय गाविसको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेकाले हटाइ दिनका लागि व्यवसायीको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप