बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रसिद्ध नाटककार सेक्सपियर ‘बेलायतमाभन्दा भारतमा प्रसिद्ध’–सर्वेक्षण

मङ्गलबार, ०७ वैशाख २०७३, २२ : २४
मङ्गलबार, ०७ वैशाख २०७३

अदिती खन्ना ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध कवि तथा नाटककार सेक्सपियरको मृत्यु भएको ४००औँ पुण्यदिवसमा गरिएको सर्वेक्षणमा ८३ प्रतिशत भारतीयले उहाँलाई चिनेको बताएका थिए । तर बेलायतमा भने ५७ प्रतिशत नागरिकले उहाँलाई चिन्ने बताएका जनाइएको छ । ‘अलद वर्डस’ नाम दिइएको सर्वेक्षणमा नाटककार सेक्सपियरलाई अन्य मुलुकको नागरिकको तुलनामा बेलायती नागरिकले कम चिन्ने जनाएका बताइएको छ । धेरै मानिसले सेक्सपियरका कारण बेलायतप्रति सकारात्मक रहने गरेको बताइरहँदा बेलायती नागरिकले नै सेक्सपियरबारे कम जान्नु आश्चर्यजनक भएको देखिएको छ । मेक्सिकोमा ८८ प्रतिशत र ब्राजिलमा ८४ प्रतिशतले नाटककार सेक्सपियरलाई जानेको बताइएको छ । उनीहरुमध्ये केहीले सेक्सपियर जन्मेको देश भएका कारण आफू एकपटक बेलायत पुग्न चाहेको बताएका थिए । सेक्सपियरको मृत्यु भएको ४०० वर्षपछि पनि उहाँका कृति तथा फुटकर कविताहरु विश्वभर विशेष महत्वका साथ पढाइने गरेको सर्वेक्षणमा नेतृत्व गरेको ब्रिटिस काउन्सिलमा सेक्सपियरको जीवनी सम्बन्धमा कार्यरत निर्देशक रोजम्यारी हिलहट्सले बताउनुभयो । बेलायतमा सेक्सपियरद्वारा लेखिएको कृति उहाँकै भाषामा पढाइने गरिए पनि अन्य देशमा उहाँको मौलिक कृतिका अतिरिक्त अनुवाद गरिएका संस्करणहरु पनि पढाइने गरेको हिलहट्सले बताउनुभयो । उहाँका कृतिलाई संसारका १४० भन्दा बढी देशमा पु¥याउनु व्यवस्थित तरिकाले गृहकार्य गरिँदै भएको ब्रिटिस काउन्सिलले बताएको छ । रासस÷पीटीआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप