बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इक्वेडरको भूकम्पमा तीन क्युवाली चिकित्सकको मृत्यु

मङ्गलबार, ०७ वैशाख २०७३, २२ : ३०
मङ्गलबार, ०७ वैशाख २०७३

हवाना, ७ वैशाख । इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी तीन क्युबाली चिकित्सकको मृत्यु भएको छ । क्युबाली स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

मनाबी प्रान्तको पेडेर्नालेस् नगरपालिकामा रहेको एक भवन सो भूकम्पको कारण भत्किँदा त्यसमा परी तीन चिकित्सकको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानल एटिभीले जनाएको छ । उनीहरु पार्थिव शरीर परिवारजनलाई बुझाइएको पनि सो मन्त्रालयले थप जानकारी दिएको छ । इक्वेडरमा सन् १९७९ पछि आएको यो शक्तिशाली भूकम्पमा परी ४१३ भन्दा बढी व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार भन्दा बढी घाइते भएका छन् । त्यसैगरी यस भूकम्पको कारण लाखौ अमेरिकी डलर बराबरको धनजनको नोक्सानी भएको जनाइएको छ । सन् १०१३ मा क्युबा र इक्वेडरबीच भएको द्वीपक्षीय सम्झौताअनुसार क्युबाले ७ सय भन्दा बढी स्वास्थ्य विशेषज्ञहरु इक्वेडरमा पठाएको थियो । हाल इक्वेडरमा बाँकी रहेका क्युबाली स्वास्थ्य अधिकारीहरु सकुशल रहेका र उनीहरु भूकम्प उद्धारकार्य लागेका पनि मन्त्रालयले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप