मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे योजना, साढे ६ अर्ब बजेट विनियोजन

बुधबार, ०८ वैशाख २०७३, १८ : २२
बुधबार, ०८ वैशाख २०७३

काठमाडौं – भूकम्प र नाकाबन्दीले थला परेको पर्यटन बजार उकास्न तथा नेपाली पर्यटनलाई विश्वव्यापीकरण गर्ने उद्देश्यकासाथ नेपाल सरकारले १० वर्षे रणनीतिक योजना ल्याएको छ । सरकारले १० वर्षे रणनितिक योजना कार्यन्वयनको लागि साढे ६ अर्ब बजेट विनियोजन गरेको बताएको छ ।

सन् २०१६ देखि २०२५ सम्म लागु गरिसकिने लक्ष्य रहेको उक्त रणनीतिक योजनामा आगामी आर्थिक बर्षभित्रमा ३२ ओटा कार्य गरिसक्ने लक्ष्य रहेका पर्यटन विभागका महानिर्देशक सुर्दशन ढकालल जानकारी दिए । भूकम्पको १ बर्ष पुग्नै लाग्दा नेपाली पर्यटन क्षेत्रले खेप्नुपरेका सास्ती र पिडाहरुमाझ आज राजधानीमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले आयोजना गरेको सात्क्षात्कार कार्यक्रम तथा पर्यटनका लागि २०७२ र आगामी योजना बिषयक अन्तरक्रियामा बोल्दै महानिर्देशक ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्णरुपमा पूर्ववत अवस्थामा फर्काउने दावी गरे ।

हाम्रै गलत प्रचारप्रसार तथा अनुत्तरदायी प्रवृतिले पर्यटन क्षेत्रले घाटा व्योहोरेको र यसलाई रिकभर गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक रहेको एमाले पर्यटन विभाग प्रमूख सुर्य थापाले जोड दिए । उनले नाटोजले घोषणा गरेको पर्यटन संसदलाई उत्तरदायी बनाउनुपर्ने र सहयोगको लागि आफू र आफ्नो पार्टी तत्पर रहेको बताए । पर्यटन क्षेत्रलाई उद्योगको रुपमा घोषणा गरेपनि कार्यन्वयन गर्नको लागि केहि कानुनी व्यवधान रहेको हुँदा चाँडै नै राजनीतिक तवरमा यसको समधान गरिने बताए ।

नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले सरकारी निकायहरु र व्यवसायीहरु मौन रहेकोले २०७२ मा पर्यटन क्षेत्रले नकारात्मक असरको सामना गर्नुपरेको बताए ।  नेपालको पर्यटन क्षेत्रलाई राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत फैलाउन नाटोज लागिपरेकोे जानकारी दिए । अधिकारीले सम्पूर्ण पर्यटन क्षेत्रका मुद्दाहरुलाई एकै थलोमा ल्याएर सुल्झाउने उद्देश्यकासाथ आफूहरुले पर्यटन संसद घोषणा गरेको र यसमा सम्पूर्ण सरेकारवालाहरुलाई समेट्ने प्रतिवद्दता जाहेर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप