बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भ्रष्टाचार आरोपमा एघार सैनिक निलम्बनमा

बिहीबार, ०९ वैशाख २०७३, २१ : ३२
बिहीबार, ०९ वैशाख २०७३

 

इस्लामाबाद (पाकिस्तान), पाकिस्तानी सेना प्रमुख जनरल रहिल शरिफले विभिन्न ११ जना सैनिक अधिकारीलाई भ्रष्टाचार आरोपमा बिहीबार निलम्बन गरेका छन् ।

निलम्बितमध्ये दुई जना उच्च सैनिक अधिकारीसमेत रहेको बताइएको छ । पाकिस्तानी सैनिक स्रोतले सञ्चारमाध्यमलाई जनाएअनुसार निलम्बितमध्ये एक लेफ्टिनेन्ट जनरल र एक मेजर जनरल छन् भने चार जना ब्रिगेडिएर जनरल, एक जना कोलोनेल, तीन जना लेफ्टिनेन्ट कोलोनेल र एक मेजर रहेका छन् । उनीहरु सबै अफगानिस्तानको सीमास्थित दक्षिणपश्चिमी बोलोचिस्तान राज्यमा कार्यरत रहेका प्राप्त जानकारीमा उल्लेख छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप