बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मेक्सिकोको तेल कारखानामा परी मृत्यु हुनेको सङ्या १३ पुग्यो

बिहीबार, ०९ वैशाख २०७३, २१ : ३९
बिहीबार, ०९ वैशाख २०७३

 

मेक्सिको सिटी,  दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी १३ कामदारको मृत्यु भएको छ भने करीब ३० जना अन्य घाइते भएका यहाँको सरकारले बुधबार बताएको छ । तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारी र भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले जानकारी दिए अनुसार व्यस्त कारखानामा विस्पोट हुँदा कारखानामा कार्यरत करीव तीन दर्जन कर्मचारी घाइते भएका छन् । कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग्नी नियन्त्रकहरुले घण्टौ प्रयास गनुपरेको थियो । अहिले आगो पूर्णतया नियन्त्रणमा आइसकेको गभर्नर जभिएर डुआर्तेले बताए.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप