मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाट्टाको ४०औं साधारण सभा सम्पन्न, पर्यटनमैत्री बजेट बनाइनुपर्नेमा जोड

शुक्रबार, १० वैशाख २०७३, १५ : ५२
शुक्रबार, १० वैशाख २०७३
काठमाडौं – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विहिबार राजधानीको होटल ¥याडिसनमा एक विशेष समारोहको आयोजना गरि साधारण सभा मनाइएको हो । साधारणका अवसरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताए । उनले प्राकृतिक तथा मानवसिर्जित विपत्तिबाट थालिएको पर्यटन पुनरुत्थानका लागि आगामी आव २०७३÷०७४ को बजेट पर्यटनमैत्री बनाउनुपर्नेमा समेत जोड दिए । त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने जानकारी दिए । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जनकारी दिए । पाटाका पर्यटन विज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक नौ प्रतिशतका दरले वृद्धि भइरहेको पर्यटन बजारबाट नेपालले फाइदा लिनसकेको खण्डमा अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे । सो अवसरमा ¥याफ्टिङ, धार्मिक पर्यटनलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको ‘पाटा पर्सनालिटी अवार्ड’ प्रधान गरिएको थियो । यसैबीच, पाटा नेपालले भूकम्प र नाकाबन्दीपश्चात् शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुदृढीकरण, विमानस्थलको सेवा सुदृढीकरणलगायतका पाँचबँुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप