बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्लोभाक प्रधानमन्त्रीको मुटुको शल्यक्रिया, अवस्था स्थिर

शुक्रबार, १० वैशाख २०७३, २२ : १२
शुक्रबार, १० वैशाख २०७३

 

ब्राटिस्लाभा (स्लोभाकिया), १० वैशाख । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको शुक्रबार बिहान मुटुको सफल शल्यक्रिया भएको नेसनल इन्स्टिच्युट अफ कार्डियो भास्कुलर डिजिज, ब्राटिस्लाभाले जनाएको छ ।

उहाँको अवस्था अहिले स्थिर रहेको अस्पतालका प्रमुख मङली एभसोलीले बताउनुभयो । अस्पतालले उहाँको स्वास्थ्यस्थितिबारे विस्तृत जानकारी नदिएको तर स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको तेहरो बाइपास शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री फिकोलाई अस्पतालमा लगिँदा उहाँलाई हृदयघात भएर अस्पताल भर्ना गरिएको भन्ने सञ्चारमाध्यमको दाबीलाई उहाँका डाक्टरले पुष्टि गरेका थिएनन् । मार्चमा भएको संसदीय निर्वाचनमा फिकोको दलले १५० मध्ये ४९ सिट जितेपछि उहाँको दलको नेतृत्वमा सरकारको गठन भएको छ । उहाँले यस पहिले दुई पटक सरकारको नेतृत्व गरिसक्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप