सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लयमा फर्कदै बार्सा : सुवारेजले उछिने रोनाल्डोलाई

आइतबार, १२ वैशाख २०७३, १० : ०८
आइतबार, १२ वैशाख २०७३

बार्सिलोना — लुइस सुवारेजको लागातार दोस्रो पटक चार गोलको मद्दतले स्पोर्टिङ गिहोनलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा यथावत रहेको छ । दुवै म्याड्रिड टोलीले आफ्नो खेल जितेपछि बार्सिलोना केही समयलाई तेस्रो स्थानमा झरेको थियो । खेलको पहिलो हाफमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, दोस्रो गोलका लागि भने बार्सिलोनाले ६३ मिनेटसम्म पर्खनु परेको थियो । त्यसपछि भने २२ मिनेटको अन्तरालमा बार्सिलोनाले थप ५ गोल थपेको थियो । सुवारेजले १४ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे भने नेयमारले पेनाल्टी माफर्त एक गोल थपे । खेलको निर्धारित समय सकिन दुई मिनेट अघि सुवारेजले आफ्नो चौंथो गोल थपे । यसअघि बुधबार डिर्पोटिभो ला कोरुनाविरुद्ध पनि उनले चार गोल गरेका थिए । बार्सिलोनाले खेलको अन्त्यतिर ३ वटा पेनाल्टी पाएको थियो । नेयमारमाथि फल हानेपछि स्पोर्टिङका ओग्जेन भ्रान्जेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो । फर्ममा फर्कदै बार्सिलोना ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले अप्रिल महिनाको शुरुवातमा शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको थियो । तर, एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाले ६ खेलमा मात्र १ खेल जित्यो । यसले गर्दा रियल र एथ्लेटिकोले शीर्ष स्थानसँगको दूरी घटायो भने बार्सिलोना च्याम्पियन्स लिगबाट पनि बाहिरियो । छर, पछिल्लो दुई खेलमा सुदृढ प्रदर्शन गर्दै बार्सिलोनाले कुनै गोल नखाई १४ गोल गरेको छ । बाँकी तीन खेलमा जित निकाले बार्सिलोना पुनः लिग च्याम्पियन बन्नेछ । अहिले एथ्लेटिको र बार्साको समान अंक रहेको छ भने रियल एक अंकले पछि रहेको छ । बार्सिलोनासँग दुवै टोलीको समान अंक रह्यो भने पनि हेड टु हेडको आधारमा बार्सिलोना नै च्याम्पियन बन्ने छ । सुवारेजले उछिने रोनाल्डोलाई स्पेनिस गोल्डन बुट पिचिचीको होडमा सुवारेजले क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन् । हाल घाइते रहेका रोनाल्डोको ३१ गोल रहेकोमा सुवारेजले गोल संख्या ३४ पुर्याएका छन् । सुवारेजले जिते सन् २००८ पछि रोनाल्डो वा मेस्सीबाहेक यो उपाधि जित्ने पहिलो खेलाडी पनि बन्नेछन् । यसअघि उरुग्वेकै डिएगो फ्लोरानले यो उपाधि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप