मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन ब्यवसाय पुरानै अवस्थामा फर्कदै

सोमबार, १३ वैशाख २०७३, ११ : ४५
सोमबार, १३ वैशाख २०७३

म्याग्दी– एक वर्षअघिको भुकम्प, पाँच महिनासम्म भएको नाकाबन्दी र मधेशको आन्दोलनका कारण थला परेको म्याग्दीको पर्यटन ब्यवसाय तङ्ग्रीन थालेको छ । देशको अवस्था सहज बन्दै गएपछि भुकम्पले क्षती नगरेको म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । लगातार दुई वटा सिजनमा थला परेको पर्यटन ब्यवसाय तङरीदै पुरानै अवस्थामा फर्कन थालेको पर्यटन ब्यवसायीहरुले बताएका छन् । घोडेपानी, भुरुङ तातोपानी, धौलागिरी, अन्नपूर्ण आधार शिवीर र म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटकको संख्यामा यसपाली सुधार आएको छ ।

जर्मनका तिन जना पर्यटकलाई घुमाउन म्याग्दीको घोडेपानी आएकी पोखराको थ्रिसीस्टरर्स टे«कीङकी पथप्रर्दशक कुशुम मिजारले विगतको तुलनामा यसपालीको सिजनमा पर्यटक आगमन बढेको र आउने सिजनमा थप सुधार हुने अपेक्षा गरिएको बताए ।

पर्यटकीय क्षेत्रका होटल तथा रेष्टुरेष्टहरु बुक हुन थालेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) अन्तरगत पर्ने म्याग्दीको घोडेपानी, मुस्ताङ, कास्कीको घान्द्रुक लगायतका पर्यटकीय स्थलमा रहेका होटल तथा रेष्टुरेष्टहरु पछिल्लो बिस दिनयता दैनिकजसो भरिभराउ बन्ने गरेका छन् । २०७२ को बैशाख जेठ र असोज कात्तिकको सिजनमा सुनसान बनेका पर्यटकीय स्थलहरुमा पछिल्लो सिजनमा पर्यटकको उपस्थिती बढेपछि आशा जागेको घोडेपानी होटल ब्यवस्थापन समितिका उपाध्यक्ष शुशिल पुनले बताए ।

नेपालको प्रमुख पर्यटकीय गन्तब्य अन्नपूर्ण संरक्षण क्षेत्रमा सन २०१५ मा पर्यटक आगमन ३८ प्रतिशतले घट्दा एक अर्ब ५० करोड रुपैया आम्दानी गुमेको थियो । निरन्तर ओरालो लागेको पर्यटन ब्यवसायलाई माथि उकास्नका लागि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यम, पर्यटन ब्यवसायीहरुले भुकम्पले असर नगरेका सुरक्षित रहेका पर्यटकीय स्थलहरुको बारेमा गरेको प्रचारप्रसारका कारण सुधार आउन थालेको जनाइएको छ । यसका साथै बेलायतका राजकुमार चाल्र्स ह्यारी देखि नेपाल स्थित विभिन्न कुटनिटिक नियोगका अधिकारीहरु पदयात्रा र पर्यटकीय स्थलको भ्रमण गरेर नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । गत शुक्रबार र शनिबार म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, पुनहिलको भ्रमण गरेका नेपालका लागि भारतीय राजदुत रणजित रेले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपालको भ्रमण गर्न विश्व समुदायलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप