मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वयम्भूस्थित घन्टा पुनःस्थापना तर सम्पदामा जोखिम थपिँदै

बुधबार, १५ वैशाख २०७३, ११ : १९
बुधबार, १५ वैशाख २०७३

काठमाडौँ - स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वम्भूको चैत्य अगाडिको ठूलो घन्टा पुनःस्थापना गरेको छ ।

गतवर्ष गोरखा भूकम्पका कारण त्यस क्षेत्रमा रहेको स्तम्भ तथा ठूलो घन्टा ढलेको थियो । महासमितिले आफ्नो विभिन्न स्रोत सङ्कलन गरी घन्टालाई यथास्थानमा व्यवस्थापन गरेको हो ।

त्यसैगरी, महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ । सोही भूकम्पका कारण चैत्यमा ठूलो क्षति भएको थियो । चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको तथा त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा पुगेकाले त्यहाँ जोखिम बढेपछि मर्मत गरिएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।

स्वयम्भू महाचैत्यदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त चैत्य पुरानो मानिन्छ । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिएको महासमितिले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदामा समेत जोखिम थपिँदै गएको छ । त्यस क्षेत्रका विशेष महत्वका पाँच सम्पदा तथा स्थानीय पुजारीका २४ घर क्षतिग्रस्त भएको र त्यस क्षेत्रमा पुनःनिर्माण गर्न रु एक करोड ७१ लाखको लागत अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप