मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नगरकोटको फोहर व्यवस्थापन जिम्मा पर्यटन समितिलाई, ठाउँ–ठाउँमा सिसी क्यामेरा

बुधबार, १५ वैशाख २०७३, १६ : ३९
बुधबार, १५ वैशाख २०७३
भक्तपुर - नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ । नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ । नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिए । समितिका अध्यक्ष लामिछानेले भने˗ “विगतमा साधन बिना नै नगरकोटको पर्यटकीय क्षेत्रको फोहर सङ्कलन गर्ने र व्यवस्थापन गर्ने गर्दा निकै समस्या झेल्नु पथ्र्यो, अब नगरपालिकाले गाडी नै दिएपछि फोहर व्यवस्थापनमा सजिलो भएको छ ।” सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा डोको राखिदिएको छ । फोहर व्यवस्थापनका लागि चालक, सहचालक र डिजेलका लागि लाग्ने वार्षिक रु १० लाखको खर्च समितिले नै गर्ने भएको छ । समितिले सङ्कलित फोहरलाई रिसाइकल गर्ने र नकुहिने फोहरको सही व्यवस्थापन तथा कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने अध्यक्ष लामिछानेले बताए । त्यसैगरी नगरकोटको पर्यटकीय क्षेत्रलाई सुरक्षित राख्नका लागि नगरकोटको पर्यटकीय क्षेत्रको चोकचोकमा सिसी क्यामरा जडान गरिएको छ । नगरकोट नगरपालिकाको सहयोगमा छ वटा सिसी क्यामरा जडान गरिएको हो । नगरकोटको भ्यू टावर, भट्टे डाँडा र ग्यालक्सी चोकमा दुई˗दुईवटा सिसी क्यामरा जडान गरिएको बताउँदै अध्यक्ष लामिछानेले थप क्यामरा पनि जडान गरिने जानकारी दिए । जो कोहीले पनि घरमै बसेर मोबाइल एप्सबाट ती क्षेत्रको गतिविधि हेर्न सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप