बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पेस्तोल भिरेका युवा चप्पल कारखानाबाट समातिए

बुधबार, १५ वैशाख २०७३, २० : ४२
बुधबार, १५ वैशाख २०७३
काठमाडौं– लमजुङका विवेक गुरुङ कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । बुधबार साँझ काठमाडौंको चप्पल कारखाना नजिकै गणेश बस्तिबाट पक्राउ परेका गुरुङको साथबाट एकथान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने तिन राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी विश्वमणी पोखरेलले जानकारी दिए । प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले गुरुङको साथबाट उल्लेख्य मात्रामा लागुऔषध समेत बरामद गरेको छ । उनको साथबाट २५ थान डाईजेपाम, २५ थान फेनारागन र २४ थान नर्फिम बरामद गरिएको प्रहरीले जनाएको छ । लमजुङको मालिङ स्थायी घर भएका २६ बर्षिय गुरुङ विगत १६ बर्षदेखी काठमाडौं बस्दै आएका थिए । उनलाई हातहतियार खरखजाना तथा लागुऔषध कारोवारको मुद्धा चलाईने डिएसपी पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप