बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छुट्टा छुट्टै घटनामा ६ जनाको मृत्यु , हत्याको आशंकामा एक प्रक्राउ

बुधबार, १५ वैशाख २०७३, २० : ५१
बुधबार, १५ वैशाख २०७३

दिपक शर्मा

सल्यानमा छुट्टाछुट्टै दुई घटनामा ६ जनाको मृत्यु भएको छ । छाँयाक्षेत्र गाउँ विकास समिति वडा नं. ९ रानागाउँमा दुई नाबालक वडा नं.११ हिवल्चा स्थित बागमारेमा जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा आमाछोराको ज्यान गएको छ । मंगलबार राती भएका दुई छुट्टाछुट्टै घटनामा परी ३ बालबालिकाको ज्यान गएको छ । रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षिया श्रीमती सीता खान ठकुरी, ३ वर्षिया छोरी पवित्रा खान ठकुरी, १ वर्षिया सविता खान ठकुरी र दिदिको घरमा आएकी शारदा नगरपालिका वडा न १० मार्केकी १८ वर्षिया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्याम बहादुर क्षेत्रीले जानकारी दिनु भयो । मृत्तक सीता खानका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् । भिनाजु रोजगारीका लागि भारत गएपछि गीता दिदिको घरमा बस्दै आइरहेकी थिइन । हत्या गरेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । छायाँक्षेत्रका अन्दाजी १८ वर्षिय सञ्जय भारतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको क्षेत्रीले बताउनु भयो । मध्यपश्चिम क्षेत्रिय अनुसन्धान व्युरो नेपालगञ्जबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीलाई नियन्त्रणमा लिएको हो । घरभित्र चारैजनाको शव विभत्स अवस्थामा फेला पारेको प्रमुख क्षेत्रीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो घटनाको प्रकृति हेर्दा अत्यान्तै अमानविय र क्रुर ढंगले हत्या गरिएको पाइयो । घटनाको अनुसन्धान भईरहेकाले यसै भन्न नसकिने उहाँले बताउनु भयो । हत्या भएकै हो तर के कारणले गरेको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन यस विषयमा अनुसन्धान भईरहेको छ । घरबाट एक मोवाइल सेट फेला परेको समेत उहाँले जानकारी दिनु भयो । बिहान सात बजी सक्दा समेत घरभित्रबाट कोही बाहिर नआएपछि छिमेकीले बोलाउदै घर जाँदा घरभित्र चारजनाको विभत्स हत्या भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी नायवउपरिक्षक श्याम बहादुर क्षेत्रीको नेतृत्वको टोलीले दिनभर अनुसन्धान तथा खोजतलास गरेको थियो । घटना स्थलको विभिन्न राजनीतिक दलहरुले समेत निरिक्षण गरेका छन् । यस्तै उता शारदा नगरपालिका वडा नं. ११हिवल्चा स्थित बागमारेको जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा आमाछोराको ज्यान गएको छ । ४५ वर्षिया बालिका बस्नेत र १२ वषिय छोरा नविन बस्नेतको ज्यान गएको छ । आगो नियन्त्रण गर्न गएका आमाछोराको धुवाँकारण बेहोस भएको अवस्थामा जलेर ज्यान गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप