बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बार्यन र एथलेटिको भिड्दै

बुधबार, १५ वैशाख २०७३, २१ : २१
बुधबार, १५ वैशाख २०७३

यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज बार्यन र एथलेटिको भिड्दैछन् । दुबै टोलीको उद्धेश्य अर्को लेग सुरु हुनअघि सुदृढ अवस्थामा रहनु हुनेछ । त्यसैले दुबै टोलीका प्रशिक्षकले कसरी टिमलाई मैदानमा उतार्ने भन्ने सम्बन्धमा यथेष्ट मेहिनत गरेका छन् । पहिलो लेगमा सुरुआती एघारले कस्तो प्रदर्शन गर्छ भन्ने विषयले मात्रै अर्थ राख्नेछैन् , बरु मैदानभित्र वैकल्पिक रुपमा छिर्ने खेलाडीले कस्तो खेल्छन् भन्ने विषय बढी प्रभावकारी हुनेछ भन्ने दुबै टोलीका प्रशिक्षकलाई थाहा छ । बार्यन म्युनिखका पेप गार्डीओला र एथलेटिकोका डिएगो सिमोनी दुबै कुनै समयका चर्चित मिडफिल्डरहरु हुन् । अहिले दुबै सफल रणनीतिकारका रुपमा टचलाईनमा उभिएर खेलाडीलाई निर्देशन दिन व्यस्त हुन्छन् । यि दुबै प्रशिक्षक खेलकै दौरान रणनीति बदल्न माहिर छन् । अर्को सुदृढ पक्ष भनेको दुबै टोलीमा मानसिक र टेक्निकल्ली रुपमा बलिया खेलाडी छन् । दुबै हार्न नजान्ने टोली हुन् । एथलेटिको बिस्तारै दबाब बढाउने र काउन्टर एट्याकमा ध्यान दिने टोली हो । कसरी गोल रोक्नुपर्छ भन्ने एथलेटिकोका खेलाडीलाई राम्रो ज्ञान छ । यता बार्यन अधिकांश समय बललाई नियन्त्रणमा राखेर विपक्षीको पोस्टमा धावा बोल्न अभ्यस्त छ । एथलेटीकोका डिफेन्डर स्टेफेन साभिक भन्छन् ः बार्यन र हाम्रो खेल्ने शैली पुरै फरक पछ । त्यही नै फुटबलको सुन्दरता हो । बार्यनका विंगर र एथलेटिकोका फूलब्याकहरुले गर्ने प्रदर्शनले यि दुई टोलीबीचको सेमिफाइनल भिडन्तको नतिजामा सबैभन्दा ठूलो प्रभाव राख्छ । दुबै टिमको बेन्च उत्तिकै बलियो छ । बार्यनले मारियो गोट्जे, थिएगो अल्कान्टारा, किंगस्ले कोम्यान र डोउग्लस कोस्टाजस्ता खेलाडीलाई लिएर खेल सुरुआत गर्न पनि सक्छ या यि स्टारहरुलाई बेन्चमै राखेर पनि खेल सुरु गर्नसक्छ । यि सबै खेलाडी गेम चेन्जरका रुपमा चिनिन्छन् । त्यसैले उनीहरु जूनसुकै बेला मैदान छिरे पनि फरक पर्दैन । एथलेटिकोका याननिक काररास्को, एन्जेल कोरेरा र थोमस पार्टे यि खेलाडीहरु जत्तिको विश्वचर्चित होइनन् । उनीहरुले स्टारको ट्याग भिरेका छैनन् । तर मैदानभित्र यि तीन खेलाडीले पनि जूनसुकै बेला नतिजा उल्ट्याउने सामथ्र्य राख्छन् । कोरेराले बेन्चबाट आएर यस सिजन ५ गोल गरे भने ४ पास मिलाईदिए । ला लिगामा वैकल्पिक खेलाडीमध्ये कोरेरा नै सबैभन्दा प्रभावकारी हुन् । पार्टे कुनै विपक्षी टोलीको डिफेन्सलाई अन्त्यतिर ध्वस्त गर्नसक्ने क्षमता राख्छन् । यता काररास्को गोलपोस्ट अगाडी निकै तिव्र देखिन्छन् । उनको स्किल पनि उत्तिकै छ । सुरुआती लेग अर्थात आज हुने खेलमा राम्रो प्रदर्शन गर्ने टोली दोस्रो लेगमा उसै माथि हुनेछ । तर क्वाटरफाइनलमा दुबै टोलीले गरेको प्रदर्शन नियाल्ने हो भने अहिले पराजित भएर पनि दोस्रो लेगमा विजयी हुनसक्ने क्षमता दुबै टोलीले राख्छन् ।

सेमिफाइनलसम्मको यात्रा दुबै टोलीको सेमिफाइनलसम्मको यात्रा रोमान्चकारी छ । एथलेटिकोले च्याम्पियन्स लिगबाहेक घरेलु लिगमा बार्सीलोनालाई उपाधीका लागि टक्कर दिइरहेको छ । बार्सीलोना समान अंक जोडेको एथलेटिको घरेलु लिगमा केवल हेड टु हेडमा पछाडी छ । उसले पछिल्लो ५ खेलमध्ये ५ वटै खेल जितेको छ । यता, बार्यनले पछिल्ला ५ खेलमध्ये ४ खेल जितेको छ । एथलेटिकोले बेनफिाका, गालातासारे र एस्टानासम्मिलित समूहबाट अन्तिम १६ मा स्थान बनाएको हो । पिएसभी इन्डहोभिन विरुद्ध एथलेटिकोले अन्तिम १६ मा जीत निकाल्नका लागि टाइब्रेकर कुर्नुपरेको थियो । क्वाटरफाइनलमा बार्सीलोना विरुद्ध सुरुआती लेगमा दुई एकले पछि परेको एथलेटिको दोस्रो लेगमा भने दुई शुन्यको जीत दर्ता गर्न सफल रह्यो । यता बार्यनले डायनामो जाग्रेव, आर्सनल र ओलम्पियाकस सम्मिलित समूहबाट अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा युभेन्टस्लाई हराएको बार्यनले सेमिफाइनल आइपुग्ने क्रममा बेनफिकामाथि तीन दुईको जीत निकाल्यो । खेलाडीहरुको अवस्था डिएगो सिमोनीले यसअघि ला लिगामा खेलाएकै खेलाडीहरुलाई च्याम्पियन्स लिगमा उतार्ने संभावना ज्यादा छ । यता, पेप गार्डीओलासँग खेलाडी रोज्नका लागि पर्याप्त विकल्प छन् । टियागो र डिएगो गुडिनको चोट डिएगो सिमोनीका लागि चिन्ताको विषय छ । तर, लुकास हर्नान्डेज, जोसेमा गिमेन्ज लगायतका खेलाडीहरुका कारण पनि उनी आशावादी छन् । बार्यनबाट आर्यन रोब्बिनले खेल्ने संभावना कम छ । संभावित टोली एथलेटिको म्याडिड ः जान ओब्लाक, जुआनफ्रान, जोशेमा गिम्यानेज, स्टेफेन साभिक, फिलिप लुईस, कोके, गाबी, अगस्टो फर्नान्डेज, साउल, एन्टोनी ग्रियनम्यान, फर्नान्डो टोरेज बार्यन म्युनिख ः म्यानूयल निउर, मेधी, बेनाथिया, जाभी मार्टिनेज, डेभिड अलाबा, फिलिप लाहम, अर्टुरो भिडाल, जाभी अलन्सो, जुआन बर्नेट, फ्रयांक रिबेरी, रोर्बट लेवान्डोओस्की, थोमस मुलर हेर्नलायक खेलाडी ः जोशेमा गिम्यान्ज (एथलेटिको) बलमाथिको नियन्त्रणपछि बार्यनको अर्को बलियो पक्ष हो खेलाडीहरुलाई रोटेशन गर्दै आक्रमणमा उतार्न सक्नु । उनीहरुले दुई, तीन वा चार खेलाडीसम्मलाई आक्रमणमा उतार्न सक्छन् । तर एथलेटिकोले पनि डिफेन्समा चार खेलाडी राखेर बार्यनको आक्रमणलाई रोक्ने प्रयास गर्नेछ । गुडिन उपलब्ध नभएका कारण अब एथलेटिकोको रक्षापंक्तीको नेतृत्व जोशेमाले गर्नेछन् । उनका लागि सबैभन्दा ठूलो चुनौती भनेकै बार्यनका लेवान्डोओस्की हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप