मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२०७४ लाई सुदूरपश्चिम घुमफिर वर्ष घोषणा गर्न माग

बिहीबार, १६ वैशाख २०७३, १६ : ४२
बिहीबार, १६ वैशाख २०७३

बझाङ–आउँदो वर्ष २०७४ लाई सुदूरपश्चिम घुमफिर बर्षको रुपमा मनाउन आग्रह गरिएको छ । सुदूरपश्चिमको बझाङ जिल्लामा नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तरक्रिया छलफल कार्यक्रममा त्यस क्षेत्रका पर्यटन सरोकारवालाले उक्त माग राखेका हुन् ।

कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम बिकास अभियानका महासचिव तथा पर्यटन अभियन्ता किशोर खड्काले त्यस क्षेत्रको पर्यटनलाई चहल पहलमा ल्याउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटनसँग जोडन २०७४ लाई सुदूरपश्चिम घुमफिर बर्षको रुपमा मनाउनु पर्ने आवश्यकता औल्याएका हुन । खड्काका अनुसार सुदूरपश्चिमको पर्यटन चलायमान गराउने यो एउटा महत्वपूर्ण अभियान बन्न सक्ने छ । प्रशस्त सम्भावना रहदा पनि स्थानीय पर्यटन सरोकारवालाहरु र स्थानीय सरोकारवाला निकायहरुको चासो नहुँदा बझागं जिल्लाको पर्यटन बिकासले फड्को मार्न नसकेको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत खड्ग बिक्रम शाहले बताए । साथै उनले नेपाल पर्यटन बोर्ड र मन्त्रालयबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धन र बिकासका लागि आएको बजेट सहि ढंगबाट कार्यान्वयन हुन नसक्दा आगामी दिनमा कसरी बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सक्छ ? स्थानीय सरोकारवालाहरु र निकाय सचेत हुनु पर्नेमा जोड दिए । जिल्लाका बिभिन्न स्थानमा छलफल गर्ने क्रममा बझागंकै ऐतिहासिक महत्व बोकेको स्थल जयपृथ्वी नगरमा नेपाल पर्बतारोहण संघ, साईपाल हिमाल शाखाले आयोजना गरेको छलफल कार्यक्रममा पर्यटन मैत्रि बिकासमा जोड दिनुपर्ने सांसद अफिलाल ओखेडाले बताए । त्यसैगरी चैनपुर ताक्लाकोट सडकखण्डलाई चाडो भन्दा चाडो तयार पार्न सके जिल्लाको पर्यटन लगायत बहुआयामीक क्षेत्रमा सकारात्मक प्रभाव आउन सक्नेमा उनले जोड दिए । जिल्लामा पर्यटन अभियानलाई तिब्रता दिन बिभिन्न समुहहरु तयार भएको स्थानीय पत्रकार तथा पर्यटन दवाव समुहका संयोजक शैलेन्द्र रोकायाले जानकारी दिए । अबका दिनमा राज्यले यो क्षेत्रको पर्यटन बिकासकालागि छुट्याएको बजेट तथा कार्यक्रमको सहि सदुपयोगका लागि आफुहरु सक्रिय रहने र पर्यटन मैत्रि वातावरण निर्माण गर्न पहल कदमी गर्ने जनाए । कार्यक्रमहरुमा उपस्थित सरोकारवालाहरुको सामुहिक आवाजमा बझागं जिल्ला ऐतिहासीक, सामरीक, प्राकृतिक हिसावबाट महत्वपूर्ण रहेकाले राज्यले यस क्षेत्रलाई बिशेष प्राथमिकतामा राखी पर्यटकीय योजनाहरु तयार पार्न आग्रह गरेका छन् । त्यसैगरी बझागं जिल्लाको पर्यटकीय गुरुयोजना तयार गर्नमा नेपाल पर्यटन बोर्डको भूमिका आवश्यक रहेको औल्याउदै स्थानीय सरोकारवाला, जिबिस र पर्यटन बोर्डको सामुहिक समन्वयतामा उक्त गुरुयोजना चाडो भन्दा चाडो तयार पारिनु पर्ने माग राखेका छन् । बझागं जिल्लामा साईपाल हिमाल, सूर्मासरोवर (आधि कैलाश), खप्तड, जयपृथ्वीनगर जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेका छन् भने चैतली, भूवो, देउडा, मागल जस्ता स्थानीय कला संस्कृतिहरु बिद्यमान छन् । त्यसैगरी नेपालको बाटो भएर हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानोसरोवर जोडने सबैभन्दा छोटो र सहज मार्ग बझागंबाट मात्र रहेको स्थानीय बासिन्दाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप