मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

शनिबार, १८ वैशाख २०७३, १४ : ४१
शनिबार, १८ वैशाख २०७३
सियान (चीन)– यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ । भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ । यसवर्ष आगामी जेठ ८ गते परेको यस जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौंँ र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट ठूलो सहभागिता हुने भएको बताइएको छ । सोही सम्मेलनका क्रममा लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति पनि राख्ने तय भएको छ । चाङ्ले नै नेपालबाट बुद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेका थिए । यस सम्मेलनमा चीनको सान्सी प्रान्तका प्रमुख उपमन्त्री याओ यिनलिङ नेपाल आउने र उहाँकै उपस्थितिमा लुम्बिनीमा चाङ्का मूर्तिको अनावरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै हेनान प्रान्तका बौद्धगुम्बा विभागका प्रमुख पनि सो सम्मेलनमा सहभागी हुने निश्चित भएको छ । चिनियाँ सान्सी प्रान्तको सियानमा अवस्थित सियान विश्वविद्यालयका प्राध्यापक डा. राजिवकुमार झाले केही महिनादेखि सान्सी, हेनान, सिचुवान प्रान्तका साथै राजधानी बेइजिङ्मा यस विषयमा व्यापक प्रचार गरेका छन् । उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको जानकारी पत्रपत्रिकामा विज्ञापन, लेख रचना तथा स्थानीय सञ्चारमाध्यमहरुमा अन्तरवार्ता मार्फत गराएका छन् । प्रा डा झाले यस सम्मेलनमा बढीभन्दा बढी चिनियाँ भिक्षु तथा दार्शनिक र अद्येताहरुको सहभागिताका लागि यहाँका बौद्ध अध्ययन केन्द्र, विद्यालय एवम् विश्वविद्यालय, बौद्ध गुम्बा र अरु सम्बन्धित स्थानमा आपूm नै पुगेर वा प्रतिनिधि मार्फत सम्मेलनको प्रचार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना भएको चीन भ्रमणका क्रममा सिचुवान प्रान्तीय सरकारले प्रा डा.झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूतका रुपमा नियुक्त गरेको हो । सिचुवान नेपालको सिस्टर सिटी (भगिनी सहर) का रुपमा रहेकाले आफूले सिचुवान सहर तथा समग्र चीनसँगकै सम्बन्धका लागि विशेष भूमिका निर्वाह गर्ने जानकारी उनले दिए । नेपालमा मनाउन लागिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध दर्शनका अगुवा, यस क्षेत्रका विद्धान र भिक्षुहरुलाई सहभागी गराउन सकिएमा उनीहरुले चीनमा ल्याउने सन्देशले धेरै ठूलो अर्थ दिने र यसले नेपालमा चिनियाँ धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने उनले बताए । उहाँले भन्नुभयो– मैले अहिले नै नाम त दिन सक्दिन तर चीन सरकार, यहाँको कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता तथा बौद्ध अध्ययनका विशिष्ट व्यक्तिसँग पनि कुराकानी गरिरहेकाले यस पटकको बुद्धजयन्तीमा चीनको उच्चस्तरीय सहभागिता हुनेछ । चीनका उच्च सरकारी अधिकारीसँग नै सहभागिताका लागि कुराकानी भइरहेको तर अहिलेसम्म व्यक्ति को भन्ने बारेमा भने निश्चित नभएको उनले जानकारी दिए । प्राध्यापक झाले नेपाल चीन सम्बन्धको विस्तारका लागि चीनमा बुद्धसम्बन्धी दर्शनको विस्तार र प्रचार पनि एक महत्वपूर्ण कार्य भएकोले आफूले यस पटकको अन्तर्राष्ट्रिय बुद्धजयन्तीमा बढी भन्दा बढी चिनियाँको सहभागिताका लागि काम गरिरहेको जानकारी दिए । गौतम बुद्धको २५६० औँ जयन्तीका अवसरमा मनाइने यस सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको र अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी सरकारले दिएको छ । सम्मेलनमा ४०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले यस पटकको सो सम्मेलनमा विश्वका कैयौँं देशको प्रतिनिधित्व हुने हँुदा यसले नेपालमा धार्मिक पर्यटनको आगमनमा ठूलो सहयोग पुग्ने धारणा राखे । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले सम्मेलन यसअघिको तुलनामा सहभागी एवम् अन्य हिसाबले पनि विशेष हुने बताए । सम्मेलनमा बौद्ध दर्शन र धर्ममा आधारित बहस, यससम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै बौद्ध दर्शनको विस्तारका बारेमा गोष्ठीहरु गरिने छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप