मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेलको जापानी रेष्टुरेन्टमा नेपालीको भीडभाड

सोमबार, २० वैशाख २०७३, १५ : ४७
सोमबार, २० वैशाख २०७३

काठमाडौं–के तपाई फरक स्वादको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने ठमेलमा रहेको ‘लोटस रेष्टुरेन्ट’ तपाईको रोजाईमा पर्नसक्छ । २०५८ सालदेखि सञ्चालनमा आएको जापानिज रेष्टुरेन्टमा विभिन्न जापानी परिकारहरु पाइन्छ । जापानीका रेस्टुरेन्ट पछिल्लो समय नेपाली ग्राहकले भरिभराउ हुने गरेको रेष्टुरेन्टका सञ्चालक कमल गुरुङले बताए । स्वादका पारखीहरु सस्तो र गुणस्तरीय रेष्टुरेन्ट भएकैले आकर्षित भएको सञ्चालक गुरुङ अड्कल काढ्छन् । ‘यहाँ जतिपनि ग्राहक आउनुहुन्छ, उहाँहरु सबैले खाना र सेवाको उच्च प्रशंसा गर्नुहुन्छ’, गुरुङ भन्छन्, ‘ग्राहकको सन्तुष्टिमा हामीलाई उत्कृष्ट सेवा दिन थप हौसला मिलेको छ ।’

विशेषतः स्प्यागेठी, ट्युना र नुडल्सका विभिन्न परिकारहरुका सागै करी राइस र हट पट रेष्टुरेन्टको मुख्य मेनु हो । बिहान ९ बजेदेखि बेलुकी ९ बजे सम्म खुल्ने रेष्टुरेन्ट ठमेलको सबैभन्दा पहिलो ओपन किचन भएको रेष्टुरेन्ट हो । रेष्टुरेन्ट शनिबार भने बन्द हुने गर्दछ ।

ठमेल चोकबाट करीब १०० मिटर भित्र ज्याठामा अवस्थित रेष्टुरेन्टबारे थप बुझ्न परे सञ्चालक गुरुङलाई मोबाइल नम्बर ९८४००५०३३६ मा सिधै सम्पर्क गर्न सकिनेछ । रेष्टुरन्ट जापानी नागरिक काजु हिरो सासाकीको सहयोगमा गुरुङले सञ्चालनमा ल्याएका हुन् । सासाकी गुरुङको धर्मपिता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप