सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्यूठानमा दुई बालकको मृत्यु

बिहीबार, २३ वैशाख २०७३, १० : ०६
बिहीबार, २३ वैशाख २०७३

प्यूठान– ट्र्याक्टर दुर्घटनामा परी तिराम–७ जुगपानी प्यूठानका दुई बालकको ज्यान गएको छ । बुधबार रा १ त ९३४ नंको ट्याक्टर दुर्घटनामा परी तिराम–७ का १० वर्षीय वेगम पुन र सोही ठाउँकै ११ वर्षीय दीपेन्द्र पुनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठोरले जानकारी दिए ।

गाउँमा बाटो खन्नका लागि ‘एक्स्काभेटर’लाई इन्धन लिएर गएको ट्र्याक्टर ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक बालकहरु गाउँमा पहिलो पटक पुगेको ट्र्याक्टरमा चढेर घरतर्फ फर्कँदै गरेको स्थानीयवासी अमर अधिकारीले बताए ।

त्यस्तै, घटनामा परी घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप