बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दजाकोटलाई वेलायतबाट १० लाख जापनबाट ४ लाख

सोमबार, २७ वैशाख २०७३, ०७ : ५८
सोमबार, २७ वैशाख २०७३
गुल्मी,  गुल्मीको अग्नी पिडित दजाकोटका वासीन्दालाई वेलायतमा कार्यरत गुल्मेलीले १० लाख र जापनमा कार्यरत गुल्मेलीले ३ लाख सहित १३ लाख सहयोग गदै छन् । गुल्मी जिल्ला युके समाजका कोषाध्यक्ष तथा गुल्मी रुपाकोटका वासीन्दा ताराबहादुर भण्डारीले दिएको जानकारी अनुसार त्यस संस्थाको अगुवाईमा १० लाख नगद जम्मा भएको छ र सो रकम अव छिट्टै त्यहाँका अग्नी पिडितहरुलाई हस्तान्तरण गरिदैछ । त्यस्तै गुल्मीकै बडागाउँ घर भई जापनमा कार्यरत नेपालीहरुले पनि दजाकोटका अग्नी पिडितहरुलाई ३ लाख रुपैयाँ सहयोग संकलन गरी सकेका छन् । बडागाउँ सेवा समाज जापनका सचिव दिपक वरालले दिएको जानकारी उक्त रकम अव छिट्टै हस्तान्तरण गरिदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप