बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टर पल्टिदा चालकको ज्यान गयो

सोमबार, २७ वैशाख २०७३, ०८ : ०१
सोमबार, २७ वैशाख २०७३
बर्दिबास, ईटा लोड गरेर जाँदै गरेको ज १ त १४७७ नम्बरको ट्रयाक्टर पल्टिदा महोत्तरीको बर्दिबास नगरपालिका ५ मा ट्रयाक्टर चालकको ज्यान गएको छ । सोमबार बिहान साँढे ६ बजेको समयमा बर्दिबासबाट ईटा लिएर जाँदै गर्दा ट्रयाक्टर पल्टिएर महोत्तरीको औरही ८ का करीब २० बर्षीय विनय सादाको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका बर्दिबास महोत्तरीका प्रहरी नायव निरिक्षक विमल खरेलले बताए । ट्रयाक्टर अनियन्त्रि भएर पल्टिखाँदा सादाको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका बर्दिबास महोत्तरीका प्रहरी नायव निरिक्षक विमल खरेलले बताए । ट्रयाक्टर पल्टिदा लोड गरिएको ईटा थिचिएर चालक सादा गम्भिर घाइते भएका थिए । उपचारको क्रममा बर्दिबास स्थित बर्दिबास जनसेवा हस्पिटलमा उनको ज्यान गएको प्रहरी नायव निरीक्षक खरेलले बताए । पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाउने तयारी गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप