बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटीको समाचारले अर्थमन्त्री 'फायर', घोटाला प्रयास प्रभावित

बुधबार, २९ वैशाख २०७३, ०८ : ०५
बुधबार, २९ वैशाख २०७३

काठमाडौं - ५०० र १००० रुपैयाँमा अनिवार्य रुपमा राखिने होलोग्राम थ्रेड बनाउने काम नियम विपरित आफ्नो पार्टी निकटको कम्पनी ’इन्फिनिटी होल्डीङ कम्पनी’ लाई ठेक्का दिएर र मदिराजन्य पदार्थमा लगाइने अन्तशुल्क टिकटको स्टक सकिएपछि गरिनुपर्ने छपाईमा घोटालाको प्रयास गरेका अर्थमन्त्रीको प्रयास प्रभावित भएको छ । गत बैशाख १६ गते रातोपाटीले '

होलोग्राम थ्रेड बनाउने कामको पनि टेन्डर खुल्यो :

रु ५०० र रु १००० का नोटहरुमा अनिवार्य रुपमा राख्नुपर्ने होलोग्राम थ्रेडको छपाईलाई लिएर समेत अर्थमन्त्रीले घोटालाको प्रयास गरेका थिए । अर्थमन्त्रीले आफु निकटको कम्पनी ’इन्फिनिटी होल्डीङ कम्पनी’ लाई नियम विपरित काम दिन ताकेता गरेपनि नियम विपरित काम अगाडि बढाउन नसकिने भन्दै नोट विभागले अडान लिएपछि अर्थमन्त्री र नोट विभागबीच विवाद देखिएको थियो । नोट विभाग कुनै पनि हालतमा टेन्डर प्रक्रियाबाटै अगाडि बढ्न खोजेको थियो भने अर्थमन्त्री विना टेन्डर आफ्नो पार्टी निकटको कम्पनीलाई काम दिन कसरत गरिरहेका थिए । तर यस सम्बन्धमा रातोपटीले समाचार प्रकाशित गरेपछि अन्तत स् रु. ५०० को नोटमा राखिने होलोग्राम थ्रेडको छपाई सम्बन्धमा विभागले टेन्डर आह्वान गरेको छ ।

अर्थमन्त्रीको घोटाला प्रयास भने जारी :

अन्तशुल्क टिकट सम्बन्धि छपाई र रु ५०० को नोटमा प्रयोग हुने होलोग्राम थ्रेड सम्बन्धि काममा टेन्डर आह्वान गरिएपनि रु १००० को नोटमा प्रयोग हुने होलोग्राम थ्रेडमा घोटाला गर्न अर्थमन्त्री विष्णु पौडेल लागि परेका छन् । स्रोतका होलोग्राम थ्रेड छपाई सम्बन्धमा समाचार सार्वजनिक भएपछि अर्थमन्त्रीले रु ५०० को नोटमा प्रयोग हुने होलोग्राम थ्रेड छपाई सम्बन्धमा टेन्डर गर्न र रु १००० को नोटमा प्रयोग हुने होलोग्राम थ्रेडको छपाई कार्य भने आफ्नो पार्टी निकटको कम्पनीलाई दिन नोट विभागमा चर्को दवाव दिइरहेका छन् । यता नोट विभाग भने रु १००० को नोटमा प्रायोग हुने होलोग्राम थ्रेडसम्बन्धि काम पनि टेन्डर प्रक्रियाबाटै अगाडी बढ्नुपर्ने भन्दै लागि परेपछि अर्थमन्त्री र नोट विभागबीचको विवाद अझै कायम छ ।

अर्थमन्त्रीको कमिसन मोहले समग्र अर्थतन्त्रमा समस्या :

रु १००० को नोटमा प्रयोग हुने होलोग्राम थ्रेड छपाई सम्बन्धि काम आफ्नो पार्टी निकटको कम्पनीलाई दिएर त्यसवापत मोटो कमिसन लिन खोजेका अर्थमन्त्रीको यस्तो घोटाला प्रयासले नेपाली अर्थतन्त्र भने प्रभावित बन्ने देखिएको छ । यहि कारण बजारमा नयाँ नोटको चरम अभाव देखिन थालेको छ । अर्थमन्त्री र नोट विभागबीचको विवादको सिधा असर भने अव आउने दशैंमा देखिने निश्चित प्राय छ । यता अर्थमन्त्रीकै कारण बजारमा नयाँ नोट नआउनु र पूराना नोटको धेरै प्रयोग हुनुले राष्ट्र बैंकको यो ’पोलिसी’ पनि धकेलिने खतरा बढेको छ । नयाँ नोट बजारमा नआउँदा सरकारले भूकम्पपीडितलाई बाँड्ने भनेको रकम वितरणमा पनि समस्या देखिने भएको छ ।

यस्तो थियो ८० करोड़मा हुने कामलाई २ अर्व खर्च गर्ने अर्थमन्त्रीको तयारी 

रातोपाटीले समाचार पकाशन गर्नुअघि ८० करोडको कामलाई २ अर्व खर्च गरी त्यसवापत मोटो रकम कमिसन असुल्ने दाउमा अर्थमन्त्री रहेको स्रोतको दावी छ । यस अगाडी ३.५ मिलियन थान अन्तशुल्क टिकट छपड़ा कुल ६० करोड़ खर्च भएको थियो । स्रोत भन्छ ’महँगोमा आफु निकट कम्पनीलाई काम दिलाउन भन्दै अर्थमन्त्रीले यससम्बन्धि टेन्डर प्रक्रिया रोकेका थिए । अर्थमन्त्रीको निर्देशनमा उनी निकट गोजनक नामको रसियन कम्पनीलाई उक्त काम दिन अर्थमन्त्रीले दवाव दिइरहेका थिए । तर यससम्बन्धमा राटोपाटीले समाचार सार्वजनिक भएपछि अन्तत अन्तशुल्क टिकट छपाई सम्बन्धमा टेन्डर आह्वान गरिएको हो ।

सुचना बाहिरिएपछी अर्थमन्त्री ’फायर’

होलोग्राम थ्रेडको छपाई र अन्तशुल्क टिकट छपाई सम्बन्धमा घोटालाको प्रयास भएको भन्दै रातोपाटीले समाचार प्रकाशन गरेपछि यो सुचना रातोपाटीलाई कसले दियो भन्ने विषयमा पनि अर्थमन्त्री आक्रोशित भएका छन् । स्रोतका अनुसार अर्थमन्त्री पौडेलले रातोपाटीलाई सुचना दिने व्यक्ति पत्ता लगाउन समेत दवाव दिइरहेका छन् । यसबारेमा मन्त्री पौडेलसंग फोन सम्पर्क गर्दा उठाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप