मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुई वर्षपछि पहिलो पटक सफल भयो सगरमाथाको आरोहण

बिहीबार, ३० वैशाख २०७३, १५ : १४
बिहीबार, ३० वैशाख २०७३
काठमाडौं–मौसम सुध्रदैँ गएपछि दुई वर्षको अवधिमा पहिलो पटक आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरुले ८ हजार ८ सय ५० मिटरको विश्वकै अग्लो हिमशिखर आरोहण गरेका हुन् । ९ जना शेर्पाहरुको टोलीले यस्तो सफलता हासिल गर्यो । ३ सय विदेशी आरोहीहरुका लागि आवश्यक डोरी तथा अन्य सामाग्रीहरु लैजानका लागि उनीहरु शिखरसम्म पुगेका हुन् । सगरमाथा आरोहणका लागि मेइ महिना सबैभन्दा उत्तम मानिन्छ । त्यसैले आगामी केही दिनमा अझै धेरै आरोहीहरुले शिखर आरोहण गर्ने अनुमान गरिएको छ । पछिल्ला दुई वर्ष प्राकृतिक विपद्का कारण कसैले सगरमाथा आरोहण हुन सकेन । २०१५ मा विनाशकारी भूकम्पपछि आएको हिमपातले १५ आरोहीहरुको ज्यान लियो । सन् २०१४ मा त्यस्तै हिमपातका कारण १६ जना शेर्पाहरुले ज्यान गुमाएका थिए । त्यसपछि सगरमाथा चढ्न मुस्किल बन्दै गएको थियो । गत वर्ष भूकम्पपछि आरोहण गनै स्थगित भयो । त्यस्तै सन् २०१४ मा पनि प्राय सबैले हिमपातका कारण सगरमाथा आरोहण स्थगित गरेका थिए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले आरोहणमा हासिल गरेको सफलता ठूलो रहेको बताएका छन् । उनीहरु अझै चाडैँ सगरमाथा आरोहण गर्ने योजनामा थिए । तर हिलारी स्टेपमा पुगेपछि केही समस्या देखियो । शिखरमा पुग्नभन्दा ७० मिटर तल समस्या देखिएपछि शेर्पाहरु केही ढिला पुगे । बाक्लो हिउँ तथा बरफका कारण उनीहरुले ४ घण्टापछि मात्रै हिलारी स्टेप पार गरे । उनले शेर्पाहरुले त्यहाँ डोरी ओछ्याएर आरोहणका लागि आउने अन्य आरोहीका लागि सहज वातावरण सिर्जना गरेको बताए । उनीहरु अहिले दक्षिणी मोहडाबाट फर्कदै गरेको आंग छिरिंगले बताएका छन् । हेलिकोप्टर दुई वर्षअघि नै जारी भएको परमिट लिएर यस वर्ष आरोहीहरुले सगरमाथा चढ्न पाउनेछन् । पर्यटन बोर्डका अनुसार ७ सयभन्दा धेरै विदेशी आरोहीहरुले नेपालबाट सगरमाथा चढ्ने अनुमति लिएका छन् । यस वर्ष पहिलो पटक डोरी लैजानका लागि हेलिकोप्टरको प्रयोग गर्न पाइनेछ । जसका कारण शेर्पाहरुले खतरनाक खुम्बु आईस फल हेलिकोप्टरमार्फत सहज रुपमा पार गर्न पाउँछन् । गत वर्षको भूकम्पपछि यहाँ थप खतरा उत्पन्न भएको छ । मेइ महिना तिब्बततर्फबाट आरोहण गर्नका लागि पनि राम्रो समय हो । सिनुवा समाचार एजेन्सीका अनुसार त्यहाँ प्रत्यक दिन ५ सय ५० जना बेस क्याम्पमा आउँछन् । साभार ः बिबिसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप