मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चार दिनमा ४५ आरोही सगरमाथाको चुचुरामा

शनिबार, ०१ जेठ २०७३, १९ : २७
शनिबार, ०१ जेठ २०७३

काठमाडौँ–सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन् ।

यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले सगरमाथा आरोहण गरेका थिए । बुधबारदेखि सगरमाथा आरोहण सुरु भएको थियो । पहिलो दिन नौ नेपाली आरोही सगरमाथाको चुचुरामा पुगेका थिए । चार दिनका अवधिमा हालसम्म ४५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा चढेका छन् । पर्वतारोहण शाखाका प्रमुख श्रेष्ठका अनुसार आज धेरै आरोही क्याम्प ४ नजिक पुगे पनि हावा चलेका कारण उनीहरु तलतिर फर्केका छन् । उनीहरु रातिदेखि पुनः सगरमाथाको चुचुरातर्फ लाग्नेछन् ।

पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप