सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चट्याङका कारण बंगलादेशमा ५० को मृत्यु

आइतबार, ०२ जेठ २०७३, १५ : २५
आइतबार, ०२ जेठ २०७३

ढाका — बंगलादेशमा च्टयांङका कारण पछिल्ला दुई दिनमा ५० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अधिकांश किसानहरु छन् । किसानहरुले खेतबारीमा काम गर्दै गर्दा च्टयाङ परेपछि ज्यान गुमाएका हुन् ।

बंगलादेशमा चट्याङका कारण यसअघि पनि यस्ता थुप्रै घटना घट्ने गरेका थिए । तर यसपटक ठूलो संख्यामा मानिसहरुको ज्यान गएको छ । विज्ञहरुले तापक्रममा देखिएको वृद्धीका कारण यस्तो विपद् आइलागेको बताएका छन् ।

बंगलादेशको ढाकामा दुई विद्यार्थीहरु पनि फुटबल खेल्दै गर्दा चट्याङ लागेर ज्यान गुमाएका छन् । गत मार्चयता ९० भन्दा बढीले चट्याङका कारण ज्यान गुमाइसके । यसअघि सन् २०१५ मा वर्षदिनभर ज्यान गुमाउनेको संख्या केवल ५१ थियो ।

बंगलादेशको विपद् व्यवस्थापन आयोगका प्रमुख महोमद्ध रियाज अहमदले ज्यान गुमाउनेको संख्या बढ्दै जानु गम्भिर भएको बताएका छन् । उनले यस महिना फेरि चट्याङ पर्ने संभावना रहेका कारण सर्तक हुन सबैलाई आग्रह गरेका छन् । बंगलादेशमा जूनदेखी सेप्टेम्बरसम्म आँधी–हूरी तथा चट्याङले ठूलो समस्या पार्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप