सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले समात्यो रुसी डुङ्गा

आइतबार, ०२ जेठ २०७३, १५ : २८
आइतबार, ०२ जेठ २०७३

प्योङयाङ - उत्तर कोरियाको जलसेनाले रुसी डुङ्गालाई जापानको समून्द्री क्षेत्रबाट पक्राउ गरेको छ । रुसी विदेश मन्त्रालयले जनाएअनुसार यस डुङ्गामा ५ जना चालकहरु बसेका थिए । उनीहरु दक्षिण कोरियामा भएको एक प्रतियोगितामा भाग लिएर फर्कदै थिए ।

रुसी कूटनीतिज्ञहरुले डुङगा चालकहरुको तत्काल रिहाईको माग गरेका छन् । उत्तर कोरियासँग मैत्रिपूर्ण सम्बन्ध राम्रो थोर राष्ट्रहरुमध्ये रुस एक हो ।

इल्फिन डुङ्गा दक्षिण कोरियाको बुसानस्थित तटीय क्षेत्रबाट रुसको भ्लाडिभोस्टोक जादैँ थियो । तर उत्तर कोरियाली सेनाले उसलाई १ सय ३० किलोमिटर यात्रा तय गर्नासाथ शुक्रबार पक्राउ गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

यस डुङ्गालाई उत्तर कोरियाको तटीय क्षेत्र किमचाइकमा लगिएको र चालकदल कुनै खतरामा नरहेको विदेश मन्त्रालयले जनाएको छ । रुसी काउन्सूलर जनरलले अहिले त्यस क्षेत्रको भ्रमण गर्नका लागि अनुमति कुरेर बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप