मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दिनेश तामाङको सफल पर्यटन यात्रा

आइतबार, ०२ जेठ २०७३, १५ : ५५
आइतबार, ०२ जेठ २०७३

इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ । युवा पर्यटन व्यवसायी दिनेश तामाङको जीवन भोगाईपछिको प्राप्त सफलताले यही भन्छ । जीवनमा कहिल्यै दोस्रो हुन नजान्ने, पर्यटन व्यवसाय र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आउनु भएको दिनेशको नेपाली पर्यटन बजारमा अग्लो परिचय बनिसकेको छ । बुबा छिरिङकामी तामाङ र आमा रिक्ची तामाङको कोखबाट रसुवा जिल्लाको हाँकु गाउँमा आजभन्दा तीन दशक अघि (विसं २०३३ बैशाख २५) जन्मनुभएका दिनेशले अलिकति बुझ्ने भए देखिनै पर्यटकको संगत छाड्नु भएको छैन् । पढाई र अन्य अतिरित्त क्रियाकलापमा कहिल्यै दोस्रो नभएका दिनेश व्यवसायमा समेत पहिलो हुने रेशमा हुनुहुन्छ यतीबेला । पढ्न होस् या अन्य सबै क्रियाकलापमा अब्बल उहाँ समाजकासबैको प्रिय हुनुहुन्थ्यो । १३ वर्षको कलिलै उमेर देखिनै फाट्टफुट्ट टे«ेकिङ जाने उहाँ कलेज पढ्दा वर्षको तीन पटक ट्रेकिङ जाने गर्नुहुन्थ्यो । ०६० साल देखि भने पूर्णकालिनरुपमा पर्यटन व्यवसायमै सक्रिय रहदै आउनुभएको उहाँले सन् २०१३ मा ट्रेकिङ एक्स्पट प्रालि संचालन गर्नुभएको छ । उहाँ उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । दिनेश रसुवा जिल्लाको माथिल्लो १० गाविसको एलएलसी टप गर्ने विद्यार्थी समेत हो । उहाँ यति तगडा विद्यार्थी हुनुहुन्थ्यो की कक्षा ५ पढ्दा नै गाउँमा पौढ शिक्षा, महिला शिक्षा पढाउनु हुनथ्यो भने अनौपचारिक शिक्षाको निरिक्षक नै बन्नुभएको थियो । आफु भन्दा पनि अरुको खुसी देख्न चाहने, नयाँ नयाँ कुराहरु गर्न रुचाउने, मन्दिर बनाउनु भन्दा रोएकालाई हँसाउनु धर्म हो भन्ने मान्यता राख्ने उहाँ समाजसेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । विश्व खाद्य कार्यक्रम लगायतका विभिन्न प्रोजेक्ट समेत संचालन गरिसक्नुभएको दिनेशले सहयोगका लागि कुनै एनजियो÷आइएनजियो स्थापना गर्नुभएको छैनन् तर व्यत्तिगत रुपमा विभिन्न ठाउँमा विभिन्न खालका सहयोगहरु गर्दै आइरहनु भएको छ । भूकम्प पिडितलाई विभिन्न क्याम्पियन चलाएर सहयोग गर्नुभएको थियो । अहिले उहाँ रसुवाको विकास र पर्यटन प्रवद्र्धन गर्ने अभियानमा लाग्नु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप