मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तेन्जिङ–हिलारी एभरेस्ट म्याराथुन हुने

सोमबार, ०३ जेठ २०७३, २० : ३७
सोमबार, ०३ जेठ २०७३

काठमाडौँ– बेलायत–नेपाल द्विशतवार्षिकीका अवसरमा यही जेठ १६ गते तेन्जिङ–हिलारी एभरेस्ट म्याराथुन हुने भएको छ ।

यसअघि सन् २००३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सगरमाथा विजय गरेको ५० वर्ष पुगेको अवसरमा त्यस्तो म्याराथुनको आयोजना गरिएको थियो । यही जेठ १६ गते आयोजना हुने सो दौडमा सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर समापन हुने कार्यक्रम छ ।

नेपालमा हालै गएको भूकम्पपछिको पुनःनिर्माण गरौँ भन्ने सन्देश प्रवाह गर्न ‘प्रथम लुम्बिनी–सगरमाथा शान्ति ज्योति धावन’ नाम पनि दिइएको सो म्याराथुन गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भई सगरमाथा आधार शिविरमा पु¥याइनेछ ।

नेपालका ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धरको नेतृत्वमा नेपालको राष्ट्रिय ओलम्पियन धावकको एक टोलीले उक्त शान्ति ज्योति खुम्बु लैजाने कार्यक्रम छ । म्याराथुनमा चिनियाँ धावक गुआन यादी, स्कटिस धावक ज्यामी रोस मकेनिज, भारतका धावक रोशनी राईलगायतले भाग लिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप