मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बुद्ध जयन्तीको पूर्व-सन्ध्यामा लुम्बिनी (हेर्नुहोस् २२ तस्बिर)

शुक्रबार, ०७ जेठ २०७३, १८ : ५७
शुक्रबार, ०७ जेठ २०७३

भैरहवा – जेठ ८ गते अर्थात भोली लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाउने तयारी भैरहेको छ । अहिले लुम्बिनीमा आन्तरिक पर्यटकको साथै विश्वका करिब २८ मुलकबाट आएका विभिन्न विशिष्ट पाहुना तथा तीर्थयात्रीले लुम्बिनी भरिभराउ छ ।

लुम्बिनीको मायादेवी मन्दिर मात्र हैन कि सम्पूर्ण विकास कोष नै दुलहीझै सिंगारिएको छ । विशिष्ट पाहुनाको स्वागतको लागि लुम्बिनी आतुर रहेको छ, भने सुरक्षाको पनि उस्तै व्यवस्था रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री शक्ति बहादुर बस्नेत, विभिन्न मन्त्रीहरुलगायत नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, एवम क्षेत्रिय प्रसाशकसम्मको मुकाम अहिले लुम्बिनीमै रहेको छ । बुद्ध जयन्तीको पूर्व–सन्ध्यामा मायादेवी मन्दिर परिसरमा देखिएको केही दृश्यहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप