सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेको करिब दुई सय स्थानमा खानेपानीको मूल सुक्यो

सोमबार, १० जेठ २०७३, १२ : ३६
सोमबार, १० जेठ २०७३

बनेपा– काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपछि १९७ स्थानमा खानेपानीको मूल सुक्दा स्थानीयवासीले सास्ती खेपेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको पहलमा गाविस सामाजिक परिचालकद्वारा गरिएको पछिल्लो सर्वेक्षणले जिल्लाको १७४ स्थानमा खानेपानीको मूल सुकेपछि खानेपानीको वैकल्पिक स्रोत उपभोग भएको छ ।

काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन, तिमाल, कोसीपारिलगायतका क्षेत्रका विभिन्न गाविसमा रहेका खानेपानीको स्रोत सुकेकाले थप वैकल्पिक स्रोत खोजी गरिदिन स्थानीयवासीले अनुरोध गरेका छन् ।

डिभिजन कार्यालय, धुलिखेलले दिएको एक तथ्याङ्कअनुसार ४१७ खानेपानीको मूलमा पानीको स्रोत घटेको छ भने १८१ ठाउँमा पानीको वैकल्पिक स्रोतसमेत छैन ।

पानीको मुहान सुकेको छ तर कुन कुन ठाउँको भन्ने विषयमा विश्लेषण भएको छैन सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले भन्नुभयो ।

उहाँले खानेपानीको सोत सुकेको ठाउँमा के गर्ने भन्ने विषयमा ठोस प्रगति हासिल नभएको उल्लेख गर्दै जिल्लाभर नै खानेपानीको अवस्थाबारे प्राविधिकसहित सम्भाव्यता अध्ययन गरिने बताए ।

काफ्लेले खानेपानीको समस्या समाधान गर्न कतिपय स्थानमा सहुलियत दर वा अनुदानमा आकासे पानीको सङ्कलन प्रविधि भित्र्याउने विषयमा समेत छलफल भएको जानकारी दिँदै कुनै पनि नीतिगत निर्णय भएको छैन भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप