सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक सय ७८ वर्षपछि पुनः देखियो चरा

सोमबार, १० जेठ २०७३, १२ : ५०
सोमबार, १० जेठ २०७३

चितवन - चितवनमा १७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ ।देशमा लोप भएको सूचीमा रहेको यो चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको टोलीले दाहाखानीको चिसापानी टारमा फेला पारेको हो ।

वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीका अनुसार १७८ वर्षअघि विदेशीले नेपालमा चरा सङ्कलन गर्ने क्रममा यो जात देखिएको भए पनि त्यसयता नदेखिएपछि लोप भएको सूचीमा राखिएको थियो ।

चाचरे प्रजातिको रातो रङ्गको यो चरा पुनः देखिएसँगै जिल्लामा चराको प्रजाति ६३१ पुगेको उहाँले बताउनुभयो । नेपालमा ८७८ प्रजातिका चरा पुगेका छन् ।

खोजीकार्यमा पक्षीविद् डा हेमसागर बराल, नेपाल पक्षीविद् सङ्घका पूर्वी क्षेत्र संयोजक बद्री चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । सोसाइटी र नेपाल पक्षीविद् सङ्घले नयाँ जातको चराको खोजीकार्यलाई तीव्रता दिँदै आएको छ ।

चितवनमा चराको अवलोकनका लागिसमेत विदेशी पर्यटक आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त मात्रामा चरा देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप