सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छात्राहरु एकाएक ढल्न थालेपछि पढाइ प्रभावित

सोमबार, १० जेठ २०७३, १३ : ०१
सोमबार, १० जेठ २०७३

बैतडी– बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको मासहिस्टरियाका कारण पढाइ प्रभावित हुँदै आएको छ ।

छात्रामा एक महिनायता पटकपटक पेट दुख्ने, टाउको दुख्ने, चिच्याउने बेहोस हुनेजस्ता लक्षण देखापरेपछि पढाइ प्रभावित भएको प्रधानाध्यापक टीकादत्त भट्टले बताए ।

विद्यालयमा दिनहुँ बिहान ८ः३० देखि ९ बजेसम्म निमावि र मावि तहका छात्रामा यस्तो समस्या आउने गरेको छ, प्रधानाध्यापक भट्टले भने–“कक्षाकोठामै बेहोस हुने अनि बोकेर कार्यालयको कोठामा लैजाने र केही घन्टापछि आफैँ ठीक हुने गरेका छन् ।”

केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखापरे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि निरन्तर देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको समेत उनले बताए । निमावि र मावि तहका छात्रा विद्यालयमा पठनपाठनका क्रममा एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावकसमेत हैरान भएको प्रधानाध्यापक भट्टले बताए । देवताको दोष भन्दै अभिभावकको सुझावमा विद्यालयमा मन्दिर निर्माण गरी पूजापाठ गरेको भए पनि ठीक नभएको विद्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप