सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकमा जागिर खुल्यो विज्ञापनसहित)

सोमबार, १० जेठ २०७३, १३ : १६
सोमबार, १० जेठ २०७३

काठमाडौँ –शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकमा १११७ जना लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सोमबार सार्वजनिक गरेको विज्ञापनमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृतलगायतका विषयगत शिक्षक माग गरिएको छ ।

योग्य उम्मेद्वारले आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। आवेदन शुल्क रु ७ सय रुपैयाँ लाग्ने र प्रत्येक समावेशी समुहका लागि थप ५ सयका दरले शुल्क लाग्ने आयोगले जनाएको छ।

उक्त विज्ञापनको लिखित परीक्षा भदौ ११ गते हुने जनाएको छ। प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र भएकाहरुले दरखास्त दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप