सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिभेलियर्स चम्किएपछि बैंग्लोर फाइनलमा

बुधबार, १२ जेठ २०७३, ०३ : १४
बुधबार, १२ जेठ २०७३

बैंगलुरु - आइपीएलको सिजन ९ को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । गुजरातले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य १० बल बाँकी छँदै ६ विकेट गुमाएर पछ्यायो ।

कुनै समय २९ रनमा पाँच विकेट गुमाएको कमजोर स्थितिमा रहेको बैंग्लोरका लागि एबी डिभेलियर्स नायक बने । उनले ४७ बलमा ७९ रन बनाए जसमा ५ चौका र ५ छक्का हिर्काए ।

फर्ममा रहेका विराट कोहली शुन्यमा आउट भए भने क्रिस गेल, सेन वाटसन लगायत ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । शुरुवाती ब्याटसम्यान जम्न नसकिरहेको बेला डिभेलियर्सलाई स्टुअर्ट बिन्नी र इकबाल अब्दुल्लाहले क्रमशः २१ र ३३ रन बनाउँदै राम्रो साथ दिए ।

इकबाल र डिभेलियर्सले ८.४ ओभरमा ९१ रन बनाउँदै बैंग्लोरलाई जीत दिलाए ।

धवल कुलकर्णीले ४ विकेट लिँदै बैंग्लोरको टप अर्डरलाई ध्वस्त बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । रविन्द्र जाडेजाले पनि गुजरातका लागि दूई विकेट लिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले ड्वेन स्मिथको ७३ रनको मद्दतले २० ओभरमा अलआउट हुँदै १५८ रन बनाएको थियो । बैंग्लोरका लागि सेन वाटसनले ४ विकेट लिएका थिए । ्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप