बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीविरुद्व अख्तियारमा उजुरी

आइतबार, १६ जेठ २०७३, १९ : ००
आइतबार, १६ जेठ २०७३

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नियमविपरित विभिन्न भारतीयसहितका नेपाली शैक्षिक परामर्श केन्द्रहरु (कन्सल्ट्यान्सी) सञ्चालनका लागि अनुमति दिएको भन्दै काठमाडौंका शोभाकान्त खनालले उनीविरुद्व अख्तियारमा उजुरी दर्ता गराएका हुन् । दर्ता नम्बर २७४६९ भएको उक्त उजुरीमा शिक्षामन्त्रीले आर्थिक प्रभावमा परेर एकलौटी ढंगले विभिन्न ३२ ओटा शैक्षिक परामर्श केन्द्रहरु सञ्चालनको लागि अनुमति दिएको उल्लेख गरिएको छ । उनले सहयोगी जागृत रायमाझीको सेटिङमा आर्थिक लाभ लिएर सो स्वीकृति दिएको दाबी गर्दै उजुरीमा भनिएको छ, ‘सम्बन्धन पाएकामध्ये कतिपय शैक्षिक परामर्श केन्द्रहरु गलत कार्यहरु गर्नमा संलग्न मात्रै छैनन् युरोप अमेरिका जस्ता देशहरुमा मानव तस्करीमा समेत संलग्न छन् । भविष्यमा निम्तर्ने परिणामप्रति मन्त्री गम्भीर देखिएनन् ।’ उजुरीमा मन्त्रीको उक्त निर्णयको खारेजीको माग गरिएको छ । मन्त्री पोखरेलले ३२ कन्सल्ट्यान्सीलाई सम्बन्धन दिने निर्णय गत चैत ३० गते दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप