बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छ : सभामुख घर्ती

आइतबार, १६ जेठ २०७३, १५ : ५८
आइतबार, १६ जेठ २०७३

काठमडौँ– सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छिन् ।

महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिए । “जारी संविधानले महिलाको धेरै अधिकारलाई सम्बोधन गरेकाले अब नेपाली महिला निरास हुने अवस्था छैन, नेपाली महिला आफ्नो अधिकार प्राप्तिका लागि जसरी एक भएका थिए त्यसरी नै अधिकार कार्यान्वयनका लागि लाग्नुपर्छ”, सभामुखले भने ।

सो अवसरमा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले महिलाले केही अधिकार प्राप्त गरेको अब बाँकी अधिकार प्राप्त गर्नका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी अघि बढ्नुपर्ने बताइन् । आयोजक संस्थाका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले लामो समयदेखि पछि परेका नेपाली महिलाको केही अधिकारको सम्बोधन भए पनि धेरै अधिकार सम्बोधन हुन बाँकी रहेकाले बाँकी अधिकार सुनिश्चित गर्न सबै महिला अधिकारकर्मीलाई एक भएर अधि बढ्न आग्रह गरिन् । सो अवसरमा यस वर्षको ‘लक्ष्मण महिला अधिकार पुरस्कार’बाट लामो समय महिलाको प्रजनन स्वास्थ्यका लागि कलम चलाउनुभएका प्रकाशमणि शर्मालाइ रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप