मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकीय क्षेत्रको सुधार अभियान

आइतबार, १६ जेठ २०७३, १६ : ३१
आइतबार, १६ जेठ २०७३

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्को आह्वान तथा नेपाल केवल टेलिभिजन महासङ्घको पहलमा ठमेल क्षेत्रमा रहेको तारको व्यवस्थापन कार्य सुरु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ महानगरपालिकालगायत अन्य सङ्घ संस्था तथा कम्पनीको सहयोगमा पोलमा रहेको तार र पोललाई व्यवस्थित गर्ने काम आजदेखि सुरु भएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेल क्षेत्रका पोलमा तार अस्तव्यस्त भएको र विदेशी पर्यटकले समेत फोटो खिचेर लाने गरेको भन्दै तार तथा पोलको व्यवस्थापन गर्न लागिएको बताए ।

“ठमेल क्षेत्र पर्यटकको केन्द्रविन्दु हो, त्यसैले यसको विकास र विस्तारका लागि परिषद् लागिरहेको छ,” उनले भने । नेपाल केवल टेलिभिजन महासङ्घका कार्यकारी निर्देशक राधेश्याम लेकालीले पछिल्लो समयमा काठमाडौँ उपत्यकामा नै तार अस्तव्यस्त अवस्थामा रहेकाले व्यवस्थित गर्न लागिएको बताए । ठमेल क्षेत्रमा दैनिक भीडभाड नहुने समय पारेर दुई दर्जभन्दा बढी प्राविधिक समूहले तार व्यवस्थापनको काम गरिरहेका छन् ।

तार व्यवस्थापनका लागि पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्था, सरोकारवाला तथा स्थानीयवासीको सहयोग रहेको छ । ठमेलको साँघुरो बाटो र अव्यवस्थित बसोबासका कारण कतिपय पोल जीर्ण भएका, बिजुलीको र केवलको तार सँगसगै भएको र कुनै पनि बेला दुर्घटना निम्त्याउनसक्ने हुँदा तार व्यवस्थापनको काम जरुरी भएको थपलियाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप