बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पत्रकारलाई सिभिल अस्पतालमा बेड अभाव

आइतबार, १६ जेठ २०७३, १६ : ४८
आइतबार, १६ जेठ २०७३

काठमाडौं–रगतमा खराबी आएका कारण सिकिस्त भएका पत्रकार शालिग्राम शर्मालाइ बेडको अभाव देखाउँदै सिभिल हस्पिटलले भर्नाको लागि आनाकानी गरिरहेको छ । बुबाको अवस्था नाजुक बन्दै गइरहेको भएपनि अस्पतालले बेड छैन भनेर वाहिरै राखिरहेको छोरी धैर्यता शर्माले रातोपाटीलार्इ बताइन् । ललितपुरको एकान्तकुनास्थित अलका हस्पिटलमा बेडको अभावकै कारण उनलार्इ वानेश्वरस्थित सिभिल हस्पिटलमा सारिएको हो । शर्मा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का लेखा समिति सदस्य, सामुदायिक रेडियो शारदाका अध्यक्ष र सल्यानी सन्देश साप्ताहिक प्रकाशक सम्पादकको रुपमा कार्यरत छन् । २०४० सालदेखि पत्रकारितामा संलग्न शर्माको सेता र राता दुवैखाले रक्तकोषमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एबी पोजेटिभ रक्तसमुह भएका शर्मालाइ धेरै भन्दा धेरै रगतको खाँचो परेको छोरी धैर्यताले बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप