बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

दिगो कृषिको विकासः चुनौती, सम्भावना र विकल्प विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु

आइतबार, १६ जेठ २०७३, १७ : १५
आइतबार, १६ जेठ २०७३

काठमाडौं – ‘नेपालमा दिगो कृषिको विकासः चुनौतीहरु, सम्भावनाहरु र विकल्पहरु’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ ।

इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्प्री) द्वारा ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) र नेपाल इकोनोमिक एशोसियसन ९एनईए० को सह–संयोजनमा आयोजित सम्मेलनको उदघाट्न गर्दै कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल नखाएको बताए ।

उनले भने, ‘धेरै विदेशी निकायहरुले कृषि क्षेत्रमा कार्य गर्दछन् तर पहिले कृषिमा आत्मनिर्भर नेपाल अहिले परनिर्भर रहेको छ ।’ नेपालमा कृषिको विकास जुन तिब्रतामा हुनुपर्ने हो त्यो नभएको भन्दै कृषिको प्रचुर सम्भावनालाई उजागर गर्नुपर्ने स्पष्ट पारे ।

कृषिमन्त्री गजुरेलले हाम्रो रुची एउटा क्षेत्रमा छ, तर विदेशी निकायहरुले हामीलाई अर्कै खाना खुवाईरहेको भन्दै यसले विवाद उत्पन्न भएको दाबी गरे । उनले भने, ‘हाम्रो रुचीलाई सहयोग गर्नुपर्दछ र यस बिषयमा गम्भिर भएर छलफल गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप