बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सोह्रखुट्टेमा २ टोली जुवाडेहरु रंगेहात पक्राउ

आइतबार, १६ जेठ २०७३, १७ : ३७
आइतबार, १६ जेठ २०७३

काठमाडौं–सोह्रखुट्टेस्थित जोनसोन थकाली रेष्टुरेन्ट र माया गुरुङको घरबाट १२ जना जुवाडेहरु पक्राउ परेका छन् । आइतबार साँझ ५ बजेतिर उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आफ्नै घरमा तास खेलाउने माया गुरुङ, राम राई, अनुज थापा, राजु श्रेष्ठ, रिना लामा, योङ डंगोल र थकाली रेष्टुरेन्टबाट प्रेम लामा, राम मगर, कृष्ण मानन्धर, शान्ता श्रेष्ठ, पन्च लामा, एक बहादुर मगर र प्रेम महत रहेको सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

उनीहरुको साथबाट प्रहरीले ६५ हजार पाँच सय नगदसहित ६ थान तास बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप