बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

भारतबाट घर फर्केका २ जना बेपत्ता

आइतबार, १६ जेठ २०७३, १७ : ४३
आइतबार, १६ जेठ २०७३

सल्यान – रोजगारीको सिलसिलामा भारत गएका सल्यानका २ जना बेपत्ता भएका छन् ।

कोवाङ झिम्पे गाउँ विकास समितिका वडा नम्बर– ३ का अन्दाजी ३५ वर्षका लाल बहादुर पुन र लक्ष्मीपुर–१ मर्केलखाराका ३७ वर्षीय तिलक बहादुर चलाउने बेपत्ता भएका हुन् ।

भारतको हरिद्धारबाट वैशाख १५ गते घर हिडँेका पुन हालसम्म सम्पर्क विहिन भएको परिवारीक स्रोतले जानकारी दिएको छ । डम्बर पुनका नामले पनि चिनिने पुनले हरिद्धारबाट फोन गरी २ दिनपछि घर आइपुग्ने बताएपनि १५ दिन बितिसक्दा समेत घरमा आइनपुगेको र सम्पर्क पनि नभएको बताइएको छ ।

यस्तै मर्केलखाराका ३७ वर्षीय तिलक बहादुर चलाउने बिगत ९ दिनदेखि बेपत्ता भएका छन् । गत जेठ ५ गते भारतको हरिद्वारबाट घर हिँडेका उनी ९ दिन बितिसक्दा पनि घर आई नपुगेको श्रीमती ददि चलाउनेले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप