बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

इटहरी उप–महानगरपालिका विरुद्ध एमाले

आइतबार, १६ जेठ २०७३, १७ : ५०
आइतबार, १६ जेठ २०७३

इटहरी – नेकपा एमाले इटहरी नगर कमिटिले इटहरी उप–महानगरपालिकाले जनचाहाना अनुरुप काम गर्न नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेको छ ।

आइतबार कार्यकारी अधिकृत महेशराज तिम्सिनालाई ज्ञापन पत्र बुझाउँदै एमाले इटहरी नगर अध्यक्ष रेवती प्रसाद घिमिरेले संस्थाले लोकतान्त्रि आचारण र व्यवहार समेत प्रस्तुत गर्न नसकेको गम्भिर आरोप लगाए । उनले सेवा प्रदायकको भुमिका कमजोर हुँदै जानु आपत्तिजनक कुरा रहेको भन्दै यस प्रति कार्यलय प्रमुखको ध्यान केन्द्रित गराए ।

२० बुँदे मुख्य माग प्रस्तुत गर्दै घिमिरेले नगरको विकासका लागि अग्रगामी योजना, नगरको फोहोर व्यवस्थापन, नगरक्षेत्रका नहर तथा खोलाको तटवन्धन, ढल निकासको उचित प्रबन्ध, इटहरी ५ मा रहेको जनतावस्तीको भुमिहिनहरुको समस्या, नगरभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरि सामुदायिक पार्क तथा वृद्धपार्क निर्माण लगायतका मागहरु राखेका छन ।

मागको सुनुवाई गर्न एमालेले १५ दिनको म्याद दिएको छ । उसले कार्यलयका कर्मचारीको दक्षता अभिवृदि गर्न तथा जिन्सी सामानको सुरक्षामा समेत कार्यलयको ध्यान नगएको हुँदा उक्त जनताको सम्पतिको संरक्षणमा उप–महानगरपालिका चुक्न नहुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप