बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

टिभिएस मोटर कम्पनीको ६३ औँ शो–रुम बिर्तामोडमा

आइतबार, १६ जेठ २०७३, १८ : ११
आइतबार, १६ जेठ २०७३

झापा–सन् १९७९ मा स्थापना भई आफ्नो अधिनमा ३० भन्दा बढि कम्पनीको साथ संचालित शंकर ग्रुप, ६० करोड डलरको बार्षिक कारोबार गर्न सफल कम्पनी हो ।

शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईल्स्, खाद्य पदार्थ, प्याकेजिङ, इलेक्ट्रोनिक्स र अटोमोबिलको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पु¥याउने उद्देश्यको साथ जगदम्बा मोटर्समार्फत कार्य संचालन सुरु गरेको हो ।

टिभिएस मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टिभिएस मोटर कम्पनीको बार्षिक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रे सवारीसाधन रहेको छ ।

जगदम्बा मोटर्सले नेपालका लागि टिभिएस मोटर कम्पनीको एकल वितरकको रुपमा विर्तामोडमा पाथीभरा अटोलिङको प्रागणमा यही जेठ १५ गते आफ्नो नयाँ थ्री एस सुविधा सहितको अत्याधुनिक शो–रुमको उद्घाटन गरेको छ । शो–रुम उद्घाटनको सप्ताहभर विभिन्न ¥याली, प्राविधिकहरुसँगको भेटघाट तथा अन्य विभिन्न उत्साहजनक कार्यक्रमको आयोजना हुनेछ ।

यस शो–रुममा नेपालमा बिक्री थालनी गरिएको टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सिसी, अपाचे १८० सिसी, जुपिटर, विगो, जेस्ट, स्पोर्ट १००, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० उपलब्ध छन् ।

उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टसमार्फत नेपाली मोटरबाइक पारखीमा थप उत्साह ल्याउने विश्वास लिइएको छ । साथै, ग्राहकलाई ‘एक्सचेञ्ज’ तथा ‘फाइनान्स’ को विशेष सुविधा सम्बन्धि जानकारी पनि यस शो–रुमले उपलब्ध गराउने छ ।

विर्तामोडस्थित ‘थ्रीएस’ सुविधासम्पन्न यस शो–रुमको उदघाटनसँगै टि भि एस मोटर कम्पनिले नेपालभरी ६३ वटा शो–रुमहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ । कम्पनीले यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप