बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

र्‍यापर यमबुद्वसँग भिड्न लिनुहोस् ‘स्प्राइट क्लियर बोल च्यालेन्ज’ मा भाग

आइतबार, १६ जेठ २०७३, १८ : २२
आइतबार, १६ जेठ २०७३

काठमाडौं– युवा जोश र कलात्मक पक्षलाई सलाम गर्दै आफ्नो ‘क्लियर छ’ नाराका साथ युवाहरूमाझ लोकप्रिय ब्राण्ड स्प्राइटले अहिलेसम्मकै सबैभन्दा फरक र उत्साहपूर्ण ‘स्प्राइट क्लियर बोल च्यालेन्ज’ कार्यक्रम लिएर आएको छ ।

नेपाली युवाहरूलाई आफ्नो फरक धारका खुबी सबैसामु प्रस्तुत गर्न निमन्त्रणा दिएको छ । मे महिनाको तेस्रो हप्ताबाट सुरु हुने यस कार्यक्रममा ९ शहरका स्प्राइटप्रेमीले र्याप, स्ल्याम पोएट्री, स्ट्याण्ड-अप पर्फर्मेन्स, ए…–कापेला, स्पिड पोएट्री र बिट बक्सलगायतका कुनैपनि फरक र उत्कृष्ट प्रतिभा प्रदर्शन गर्न सक्नेछन् । हरेक शहरबाट छानिएका दुई विजेताले अन्तिम प्रतिस्पर्धाका रुपमा स्वयम् र्‍यापर यमबुद्धसाग प्रतिष्पर्धा गर्नेछन् ।

कार्यक्रमका विषयमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री डिरेक्टर आलोक कोहलीले भने, ‘स्प्राइट क्लियर बोल च्यालेन्ज’ नेपालीहरुका लागि आफ्नो कला प्रस्तुत गर्ने अवसर हो । नेपालमा अन्डरग्राउण्ड हिप–हप आन्दोलन धेरै पहिलेदेखि अस्तित्वमा रहेको छ जसले यस राष्ट्रलाई कला, र्याप सङ्गीत र सांगीतिक प्रतिभाको खानीका रुपमा विकास गरेको छ । स्प्राइटले सधैं नै आफ्ना पेयकहरूलाई आफ्नो यस प्रतिभावान पक्षलाई बाहिर ल्याउन, आफूमा विश्वाश गर्न, समस्याहरूलाई कलात्मक ढंगले बुझ्न हौसला दिने गरेको छ ।

‘क्लियर बोल’ च्यालेन्जका साथ् हामीले प्रतिभावान नेपालीहरू राष्ट्रकै सबैभन्दा चर्चित र्यापर यमबुद्धसाग भिड्ने अवसर प्रदान गर्दैछौा । हामीलाई विश्वास छ कि यो अहिलेसम्मलकै सबैभन्दा भव्य र्याप ब्याटल हुनेछ ।

प्रक्रिया

यमबुद्ध विभिन्न शहर घुम्नेछन् र आफुलाई र्याप ब्याटलमा आफूलाई चुनौती दिन खुला आह्वान गर्नेछन्  । चुनौती स्वीकारेर यमबुद्धसाग र्याप ब्याटल गर्नेमध्येबाट उनले केहीलाई शर्टलिस्ट गर्नेछन्  । छानिएका प्रतियोगीहरूलाई काठमाडौाको पर्पल हेज, ठमेलमा हुने यमबुद्धसाग एकल भिडन्तका लागि बोलाइनेछ । अन्तिम चरणबाट छानिएका दुई विजेताले स्प्राइट क्लियर बोलका लागि खास बनाइएको र्याप गीतमा यमबुद्धसाग गाउने अवसर पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप