बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अभागी बैंग्लौर : फेरि उपविजेतामै सिमित

सोमबार, १७ जेठ २०७३, ०९ : ३७
सोमबार, १७ जेठ २०७३

बैंग्लुरु – रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा पुगेर उपाधि जित्नबाट बञ्चित भएको छ । आइतबार राती आइपीएलको नवौं संस्करणको फाइनलमा सनराइजर्स हैदराबादसँग ८ रन ले पराजित हुँदै बैंग्लोर पुनः एक पटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको छ ।

यसअघि सन् २००९ र २०११ मा पनि बैंग्लोर उपविजेतामा सिमित बनेको थियो । यता पहिलो पटक फाइनलमा पुगेको हैदराबादले भने पहिलो पटकमा नै उपाधि उचालेको छ ।

जीतका लागि २ सय ९ रनको लक्ष्य पाएको बैंग्लोर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रनमा सिमित बन्यो ।

ओपनरद्वय क्रिस गेल र विराट कोहलीले बैंग्लोरलाई उत्कृष्ट शुरुवात दिलाए पनि टोलीलाई जीत भने दिलाउन सकेनन् । दुवै ओपनरले आक्रम अर्धशतकीय पारी खेले । गेलले मात्र ३८ बलमा ७६ रन तथा विराट कोहलीले मात्र ३५ बलमा ५४ बल बनाउँदै पहिलो विकेटको लागि १ सय १४ रनको योगदान गरे । तर, दुवै आउट भएपछि अन्य ब्याटसम्यानहरु खुलेर खेल्न सकेनन् र खेल गुमाउनु पुग्यो ।

प्लेयर अफ द म्याच घोषित बेन कटिङले २ विकेट लिए ।

यसअघि कप्तान डेभिड वार्नरले आक्रमक इनिङ खेल्दै हैदरावादलाई विशाल लक्ष्यतर्फ डोर्याएका थिए । वार्नरले आइपिएलको सर्वाधिक तीव्र गतिको अर्धशतकको किर्तिमान समेत बराबरी गरे ।

वार्नरले मात्र ३८ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अर्का ओपनर शिखर धवनले २८ रन बनाए । त्यस्तै युवारज सिंहले पनि ३८ रनको महत्वपूर्ण योगदान दिए ।

कटिङले खेलको अन्त्यतिर आक्रम ब्याटिङ गर्दै ३९ रन बनाएपछि हैदराबादले ७ विकेटको क्षतिमा २ सय ८ रन बनायो । बैंग्लोरका लागि क्रिस जोर्डनले सार्वधिक ३ विकट लिए भने श्रीनाथ अर्विनले २ विकेट लिए ।

बैंग्लोर हार्नुका ५ कारण

-अन्तिम ओभरमा रन रोक्न नसक्नु

-क्रिस गेलले गरेको क्याच मिस

-शेन वाटसनको खराब खेल

-विराट कोहलीको गलत निर्णय

-एबी डिभेलियर्सको गलत शट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप