बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अब सौर्य उर्जाबाट सिंचाई

सोमबार, १७ जेठ २०७३, ११ : ०१
सोमबार, १७ जेठ २०७३

काठमाडौ  – अब किसानले सिँचाईका लागि डिजल, पेट्रोल तथा विजुलीको झन्झट लिनु नपर्ने भएको छ । सरकारले सौर्य उर्जा (सोलार पम्प इरिगेशन) बाट सिचाईको व्यवस्था गर्न लागेको छ । सिंचाई मन्त्रालयले दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ तथा त्यो पनि समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका भएपनि त्यसलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको बताएको छ । सिचाइ मन्त्री उमेश कुमार यादवले यही चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिंचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिए । सोमवार सिचाइ विभागमा आयोजित एक कार्यक्रममा उनले सौर्य उर्जाबाट किसानका लागि सिचाइ पुर्याउन निर्देशन दिए । नेपालमा सौर्य उर्जाबाट सिचाइको सम्भावना बारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले भन्नुभयो, सौर्यबाट सिचाई हुने सम्भावना नेपालमा छ र त्यो नमूनाको रुपमा कार्य गरेर तपाईहरु देखाई दिनुपर्छ । यो कार्यक्रमका लागि अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलीदेखि नै यसको अध्ययन गरि नमूनाको रुपमा भएपनि काम सञ्चालन गर्नुस् ।’ मुलुकमा हाल झन्डै सात लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप