बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

डोल्पामा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ पढाई

सोमबार, १७ जेठ २०७३, ११ : ०९
सोमबार, १७ जेठ २०७३

डोल्पा–यस शैक्षिक सत्रदेखि डोल्पामा पहिलो पटक कम्प्युटर ईन्जिनियरिङ पढाई सञ्चालन हुने भएको छ । डोल्पाको जेठो माध्यामिक बिद्यालयको रुपमा चिनिने त्रिपुरा उच्च माध्यामिक बिद्यालय काईगँउमा कक्षा ९ बाटै ईन्जिनियरिङ बिषय अन्र्तगत कम्प्युटर कक्षा सञ्चालन हुने बिद्यालयले जनाएको छ । शिक्षा बिभागबाट व्यवसायिक तथा प्राविधिक बिषय सञ्चालन गर्नको लागि अनुमति पाएकाले कक्षा ९ देखि १२ सम्मको चारबर्षे कम्प्युटर ईन्जिनियरिङ पढाई सुरु हुने प्राचार्य जय बहादुर बस्नेतले बताए । सीमित कोटा भएकाले प्रारम्भिक चरणको परीक्षा प्रणालीबाट बिद्यार्थी छनोट गरिने बस्नेतले बताए । आवेदन गर्ने मिति जेठ २९ गतेसम्म र परीक्षा सोहि महिनाको ३० गते विहान ११ बजे विहान संञ्चालन हुने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप