बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विपि कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित चलचित्र प्रदर्शनको तयारीमा

सोमबार, १७ जेठ २०७३, ११ : १६
सोमबार, १७ जेठ २०७३

काठमाडौँ, –नेपाली कांग्रेसका नेता स्व.वि.पी.कोइरालाद्वारा लिखित उर्चित उपन्यास तीन घुम्ती अब पर्दामा समेत हेर्न पाइने भएको छ । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् ।

फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के. झाले बताए ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका हर्ष कोइराला समेत उपस्थित थिए ।

फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप